मौद्रिक नीति र असारे विकास

डा.रामप्रसाद दाहाल– “पैसा कमाउनु भन्दा खर्च गर्न कठिन हुन्छ” ज्याक माले भनेका अर्थसूक्तिहरु असारे झरीमा गुन्जिरहेछन म मा । अनि सम्झना हुन्छ कुनैपनि सरकारले अधिकारको सदुपयोग र कर्तव्यको बोध गर्न सक्तैन त्यो सदैव निरीह हुन्छ र अनि अराजकता विद्रोह र द्वन्द्व निर्माण गर्छ ।

गुणस्तरीय र आत्मनिर्भरता बोलीमा सीमित हुन्छ, मौद्रिक नीति कागजका पानामा पल्टि रहन्छन् ।

बजेट विकास असारे हिलोमा पछारिन्छ ।

शेयर बजार कन्तुरमा सीमित हुन्छ ।

विकासे बजेट टालटुल र च्यातच्युतमा सकिन्छ ।

सोच सकारात्मक हुँदाहुँदै पनि यथार्थता त्यही खाल्टेखुल्टे खबल्टे सडक र फोहोर पानी जस्तै हुन्छ – यो कटुसत्यताले बकबक गरिरहेछ – आजको काठमाडौको यथार्थतालाई …. ।

मोलाहिजा र आफ्नो आफन्तैमा केन्द्रित बजेट भन्दै पक्ष प्रतिपक्षले धुरालो कसे । यता मौद्रिक नीतिको सार नै व्याजदर नियन्त्रणमा केन्द्रित रह्यो – सरकारलाई त फाइदा होला,जनता भुइँको भुइँमै …. भन्ने कुरा सार्वजनिक भइरहको छ ।

छापा रङ्गिए सङ्गीय बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिमा । संघीय बजेटमा रोष्टमबाटै माननीयज्यूहरुको करुणक्रन्दन सुनियो – आँखामा आशु आए । मोलाहिजा र आफ्नो आफन्तैमा केन्द्रित बजेट भन्दै पक्ष प्रतिपक्षले धुरालो कसे । यता मौद्रिक नीतिको सार नै व्याजदर नियन्त्रणमा केन्द्रित रह्यो – सरकारलाई त फाइदा होला,जनता भुइँको भुइँमै …. भन्ने कुरा सार्वजनिक भइरहको छ ।

नीति जनमुखी भन्दा शक्तिमुखी र नेतामुखी भयो भन्ने मोफसलमा आवाजहरु गुन्जिरहेछन् ? के गर्नुपर्ने थियो भयो के भन्ने प्रश्न  उठिरहेछन् । 

पक्ष भनिरहेछ सीसीडीमा लचकता आयो, वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था भयो, मार्जिन कर्जाको सीमा घट्यो, स्पे्रड रेट ०.५% ले घट्यो, व्याजदार करिडोरको सीमा साँघुरियो, आदि इत्यादि कुरा उठाइरहेछ । जो राम्रोको रुपमा लिएको छ । 

विपक्ष भन्दै छ – सहकारी नियमकबाट राष्ट्र बैंक बाहिरियो खाली पूँजी शुद्धिको सपना मात्र देख्छ । यसरी आफ्नो कमजोरी देखाउँदैछ, सरकारको विनियोजन दक्षतामा प्रश्न उठिरहेछ ? अदक्ष श्रमिक विदेश जानबाट रोकिदैछ, सरकारले खासै कार्यविधि सिन्डीकेट सम्बन्धमा पनि ल्याउन सकेन ? डा.के.सी र चिकित्सा विधायक त घाँटीको रालो वा खुस्किएको लगौँटी जस्तै भइसकेको छ ।

भारत र नेपालको पानी सम्झौता कुरा उठेकै  छन् ।

डा. जुम्लामा बस्ने, वार्ता टोली काठमाडौमै वाता गर्ने रस्साकस्सी चलेकै  छ ।

राम्रा भन्दा धेरै नराम्रा कुराले छेकेका बजारमा संस्कृति मन्त्रीका ६० करोड रकम वितरण गरेर जनताको पसिनालाई झ्वाम्म भनिरहेछन् । अनि श्रम मन्त्रीको अंग्रेजी भाषण सञ्चार माध्यममा भाइरल भइरहेछ । यावत पक्ष बीच मौद्रिक नीति प्रति मिश्रित प्रतिक्रिया बजारमा आइरहेछन् ।

विस्तारवादी मौद्रिक नीति, लगानीयोग्य रकमको अभिवृद्धि व्याजदरको स्थायित्व हुन कुरामा बैंकका सारथीहरु बोलिरहेछन् पूर्वकोषको सीमा ३५ अर्ब र कुल कर्जा लगानीको सबैलाई ५% तोकेकोबाट पनि सकारात्मकता व्याख्या भइरहेको छ ।

सबैको सार भने गफ सबै नतिजामुखी काम आफैँमुखी भन्ने देखिरहेछ । देश संवृद्धमा जाओस् जनता जनार्दन सुखी होउन मूल विषय बनाउन  चाहन्छन् । त्यसैले यी अँध्यारा पक्षबाट पनि उज्यालो पक्ष खोजी गर्न सक्ने वातावरण निर्माण गरौँ हामी सबैले ?

विस्तारवादी मौद्रिक नीति, लगानीयोग्य रकमको अभिवृद्धि व्याजदरको स्थायित्व हुन कुरामा बैंकका सारथीहरु बोलिरहेछन् पूर्वकोषको सीमा ३५ अर्ब र कुल कर्जा लगानीको सबैलाई ५% तोकेकोबाट पनि सकारात्मकता व्याख्या भइरहेको छ ।

कतिपय ६.५%को सोधान्तर घाटामा मुल्य वृद्धि रोक्न चुनौति भनिरहेका छन् । निक्षेपको दुरुपयोगलाई विशेष ध्यान दिनुपर्ने कुरामा विशेष जोड देखिन्छ । यिनै यस्तै टुक्राटाक्रीमा बाँचेका वर्तमान नेपालको मौद्रिक नीतिले बैँक र मर्जरमा कुदिरहेको देख्दा बैँकलाई के मद्दत पुग्ला, नगद प्रवाह बढ्नु र व्याजदर घटनाले कति संवृद्धिमा फड्को मार्छ त्यो हेर्न बाँकी नै छ । 

सारमा भन्दा मौद्रिक नीतिले संघीय बजेटको स्प्रीटलाई समातेको छ । बैंक र लगानीकर्ता जे हुन जस्तो हुन् भाँडमा भै जावस् । तर सरकारले मौद्रिक नीतिले अंगिकार गरेको कुरा स्विकार्नु पर्छ भन्ने कुराको विशेष जोड देखिन्छ ।

अन्यथा नीजि बैँकहरु खाली ठूला घर चिल्ला गाडी, सफा, मार्बलको मझेरी, टाइ सुटको पहिरन, स्मार्ट र फूर्तिलो कर्मचारी, गाडीमा सरर, सबै होला त्यो त भित्र ढिँडो खाएर बाहिर आउँदा घ्यू जुँगामा लगाएर मुसार्दै आउने बाबुसाहेबहरु अतीतका कथाहरु नहुन भन्ने कुरा पनि उत्तिकै मननीय र पठनीय छन् त्यस्तो नहोस् सोच्नै पर्छ ।

बैंकिङ क्षेत्रमा पहुँच पु¥याउने र बैँकका साना साना पूँजीकर्ताको पनि शेयर अभिवृद्धि होस्, दुईचार पैसा शेयरबाट पनि कमाउन भन्ने सकारात्मकता  के फरक पर्छ र ? कम आयआर्जन गर्नको पनि बैँक प्रतिको आकर्षण बढोस् जीवनयापनको भरोसाको आधार पनि बैँक फाइनान्स कम्पनी बन्न सकुन् भन्ने आशय हुनु नकारात्मक पक्कै होइन ।

यसतर्फ सकारात्मक सोच पनि आउनै पर्छ । अन्यथा नीजि बैँकहरु खाली ठूला घर चिल्ला गाडी, सफा, मार्बलको मझेरी, टाइ सुटको पहिरन, स्मार्ट र फूर्तिलो कर्मचारी, गाडीमा सरर, सबै होला त्यो त भित्र ढिँडो खाएर बाहिर आउँदा घ्यू जुँगामा लगाएर मुसार्दै आउने बाबुसाहेबहरु अतीतका कथाहरु नहुन भन्ने कुरा पनि उत्तिकै मननीय र पठनीय छन् त्यस्तो नहोस् सोच्नै पर्छ ।

सोची रहौँ खानुभन्दा पचाउन साह्रो पैसा, कमाउनु भन्दा खर्च गर्न गाह्रो छ भन्ने कुरा यिनै प्रश्नहरु भित्र सबै कुरा खोजी गरी सुशासन संवृद्धि सुन्दर नेपाल संवृद्ध नेपाली बन्ने बनाउने तर्फ मौका पाएको बेला गरि हालौँ है ? अन्यथा समयले पर्खदैन ।

लगानीकर्ताले प्रतिफल प्राप्त गर्नै पर्छ, खुलेको बैँकले उठ्नै नसक्न गरी ठूला मर्जरका नाममा बैँकको अस्तित्वनै समाप्त गर्ने सोच पनि कतै घातक हुन्छ कि ? शक्तिको दुरुपयोग र कर्तव्यको बोध नहोला कि ? सोची रहौँ खानुभन्दा पचाउन साह्रो पैसा, कमाउनु भन्दा खर्च गर्न गाह्रो छ भन्ने कुरा यिनै प्रश्नहरु भित्र सबै कुरा खोजी गरी सुशासन संवृद्धि सुन्दर नेपाल संवृद्ध नेपाली बन्ने बनाउने तर्फ मौका पाएको बेला गरि हालौँ है ? अन्यथा समयले पर्खदैन ।

अन्यथा कमाएको पैसा खर्च गर्ने क्षमता नभएर टालटुलमा रमझम र अल्पकालीन सोचमा आफ्नो योग्यतालाई समाप्त नगरौँ यही नै असारे विकास र मौद्रिक नीतिले भनिरहे झैँ लाग्दछ ?

अनि समय रहुन्जेल काम नगरे असारे रोपाइ गरे जस्तै छिटो छिटो असारभित्र बजेट सक्ने विकास रणनीतिले देशको विकास ध्वस्त छ, बजेट नष्ट छ यस्तो पनि नहोस् ।

यी शब्द जोडलाई मनन गरौँ सबैमा चेतना भया ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?