काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले यस नया वर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी HAPPY NEW CAR’ सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरुबमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन् ।
सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस्, स्वीफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री बितरण गर्दै आएको छ ।
यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया