बागमती सहकारीका नाममा ठगी गर्ने थापा पक्राउ

काठमाडौं । वित्तिय संस्था सञ्चालन गर्ने नाममा सर्वसाधारणको कर्जा ठगी मुद्धामा बागमती बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक थापा पक्राउ परेका छन् । 

अभियुक्त थापाले ३५ वर्षको उमेरमा करीव चार करोड भन्दा बढी ठगी गरेको पाइएको छ । 

ललितपुर सैंबु निवासी थापाले बागमती बहुउद्धेश्यीय र मञ्जुश्री सहकारी मर्जर भएको मौका छोपि दुईसय आठजना शेयरधनीको तीनकरोड ३६ लाख ६६ हजार ठगी गरेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी ) का अनुसार, बागमती सहकारीका नाममा भएको उक्त ठगी मुद्धामा जिल्ला अदालत ललितपुरले २०७३ साल चैतमा अध्यक्ष थापा विरुद्ध ९६ लाख ८८ हजार नौं सय विगो जरिवाना र एकवर्ष कैद सजाय फैसला सुनाएको थियो । 

सो फैसला अटेर गरी लुकिछिपि बस्दै आएका थापालाई ब्यूरो प्रहरीले आज सैंबुबाट पक्राउ गरेको हो । वित्तिय संस्था ठगी मुद्धामा थापा सहित अन्य ब्यक्ति फरार छन् । थापा विरुद्ध चारवटा ठगी मुद्धा दर्ता भएका छन् । 

 

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?