डुबान क्षेत्रमा महामारी फैलनसक्ने, सतर्क रहन विज्ञको सुझाव

भक्तपुर– गत बिहीबार डुबानमा परेको भक्तपुरमा महामारी फैलनसक्ने भन्दै सतर्कता अपनाउनुपर्ने बताइएको छ ।
 डुबानबाट प्रभावित क्षेत्रमा पानीजन्य संक्रामक रोग फैलनसक्ने भन्दै विज्ञहरूले समयमा नै सचेतना नअपनाए भक्तपुर लगायतका डुबान क्षेत्रमा महामारी फैलनसक्ने चेतावनी दिएकाछन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा अनुप बास्कोटाले डुबान क्षेत्रमा पानीका श्रोतहरू पनि फोहोर हुनाले झाडापखाला, आउँजस्ता समस्या देखिनसक्ने बताए । उनले  मानिसको मलमुत्र पानीमा मिसिँदा टाइफाइड, ज्वरो आउनसक्ने भन्दै यो बेला दिसापिसाक गर्दा तथा खानेपानी र खानेकुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?