त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति

काठमाडौं–त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिनको विवरण खोजेको छ । त्रिविद्वारा गठित त्रिवि सम्पत्ति संकलन, संरक्षण तथा व्यवस्थापन समितिले भौतिक सम्पत्ति खोजी गरेको हो ।

प्रा.अनुपकुमार श्रेष्ठको संयोजकत्वमा गठित ११ सदस्यीय उक्त समितिले केन्द्रका २२ र उपत्यका बाहिरका ३८ निकायको जमिनको लागत तयार गरेको हो । विसं २०१६ सालमा त्रिवि स्थापना भएदेखि हालसम्म कुनै सम्पत्ति खोजी भएको थिएन । ‘जमिनको विवरण तयार गरेका हाै’ –त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले भने ।

समितिलाई त्रिविको अन्य भौतिक सम्पत्ति खोज्ने अधिकार भए पनि हाललाई जग्गाको मात्र विवरण खोजिएको उक्त समितिका सदस्य सचिव निलमप्रसाद पोखरेलले बताए । २०७३ सालमा गठित सो समितिले २०७४ सालको अन्त्यमा प्रतिवेदन बुझाएको थियो । प्राडा खनियाले प्रतिवेदनमा भएको सुझाव कार्यान्वयन गर्दै जाने बताए ।

तथ्यांकअनुसार त्रिवि र यस मातहतका क्याम्पस र निकायको अधीनमा १ हजार ४ सय ७८ हेक्टर अर्थात् १ करोड ४७ लाख ८८ हजार ७ सय ५४ वर्गमिटर जग्गा छ । तीमध्ये १ करोड ३१ लाख ३६ हजार ९ सय ३१ वर्गमिटर जग्गा त्रिविको पूर्ण स्वामित्वमा रहेको छ । तथ्यांकअनुसार ९ लाख ९८ हजार ९ सय १६ वर्गमिटर जग्गा भोकाधिकार गरिएको छ । ६ लाख ५२ हजार ९ सय ३ वर्गमिटर जग्गा भोगचलन गरिएको वा आफ्नो स्वामित्वमा रहेको छ । नेपाल समाचारपत्रमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?