चन्द्रगिरीमा केपी ओली, आठ मिनेट लगाएर रचे कविता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साहित्यकार सिर्जनामा जुटेका छन् । 

२०५ औँ भानु जयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत्त हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रगिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओली लगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका हुन् । 

आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ८ मिनेट लगाएर कविता रचना गरेका थिए । 

प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिए । चन्द्रगिरीलाई पहिल्यै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसके तापनि अब पर्यटकीय गन्तव्य बनेको प्रधानमन्त्रीले बताए । 

प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?