३३ केजी सुन प्रकरणमा प्रहरीलाई फेरि अर्को सफलता

काठमाडौं–साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती यूएईमा पक्राउ परेका छन् । आजको नेपाल समाचारपत्रमा खबर  छ ।

नेपाल प्रहरीले युएइ प्रहरीलाई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरेकोमा उनलाई त्यहांको प्रहरीले पक्राउ गरी नेपाल पठाइदिन लागेको हो ।

उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो। उप्रेती सो गिरोहका मुख्य अभियुक्त गोरेका भाई हुन् ।

उप्रेती दुबईमा व्यवसायको आवरणमा सुन तस्करी तथा हुन्डीको कारोबार गर्दै आएको प्रहरीले लामो अनुसन्धानपछि पत्ता लगाएको थियो । उनलाई त्यहाँबाट ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उप्रेतीलाई फरार प्रतिवादीका रुपमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भइसकेको छ। सो प्रकरणमा उप्रेतीसहित ४ जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?