देउवापक्षको बैठकको भोलिपल्टै पौडेलले बोलाए छुट्टै बैठक

काठमाडौँ – आफ्नो समूहलाई बलियो बनाउने कसरतस्वरूप आइतबार देउवाले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरे भने पौडेलले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरेलगत्तै संस्थापनइतर पक्षले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएको छ । छलफलका विषय समानजस्तै भए पनि दुवै पक्षको बैठकको अन्तर्य भने आ–आफ्नो समूहलाई गोलबद्ध बनाइराख्ने रणनीतिबाट लक्षित देखिएको छ ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा आयोजित बैठकमा देउवाले आफ्नो ‘पोजिसन’ बुझ्नका लागि सुझाव लिएको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । ‘पछिल्लोपटक भ्रातृ तथा शुभेच्छुक संस्थामा पकड गुम्दै गएपछि देउवा आफ्नो पक्षलाई गोलबद्ध बनाउन क्रियाशील भएका हुन्,’ ती केन्द्रीय सदस्यले भने, ‘आफ्नो पक्षलाई बलियो बनाइराख्ने र १४ औं महाधिवेशनमा पुन: सभापति उम्मेदवार बन्ने उनको तयारी देखिन्छ ।’

त्यस्तै तयारीमा संस्थापनइतर पक्षका नेताहरू देखिन्छन् । यद्यपि यो समूहमा भावी नेतृत्वको विषयमा एकमत छैन । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?