रामचन्द्र पक्षले बोलायो गोप्य बैठक

काठमाडौं । संस्थापन इतर पक्ष रामचन्द्र पौडेल र कृष्ण सिटौलाले समूहका केन्द्रीय सदस्यहरुको ‘गोप्य’ बैठक बोलाइएको छ । 

बैठक काठमाडौंको एक सहकारीको कार्यलयमा बिहान ११ बजेपछि बस्न लागेको हो ।  

उक्त छलफलमा सभापति देउवाले यसअघि जनाएका प्रतिवद्धता कार्यान्वयन गरे–नगरेकोबारे छलफल हुने नेताहरुले बताएका छन् । 

महासमिति बैठक बोलाएपनि विधान मस्यौदा समिति लगायतका समिति गठन गर्ने विषयमा देउवाले जनाएको प्रतिवद्धता कार्यान्वयनतर्फ चासो नदेखाएकाले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले बताए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरेलगत्तै संस्थापन इतर पक्षले सोमबार बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?