सार्वजनिक यातायातमा पाकेटमारी गर्ने ६ पक्राउ

काठमाडौं । सामाखुशी रत्नपार्क रुटमा चल्ने सिटी यातायातको बसमा सवार यात्रुहरुको पकेटमारी गर्ने छ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । 

बा १ ख ६८१६ नम्वरको बसमा सवार यात्रु गोविन्द बहादुर ताडी र प्रेमबहादुर सार्कीको पकेटमारी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ पर्नेहरुमा सिरहा सिकीपुरका २४ वर्षीय बुद्धिलाल चौधरी, मकवानपुर हेटौडाका ३० वर्षीय विकास लामा र ३२ वर्षीय गर्वे तामाङ, सिन्धुपाल्चोक लिसंखुका २८ वर्षीय अनिश तामाङ र ३४ वर्षीय विनोद बम्जन तथा भक्तपुर दुवाकोटका ३३ वर्षीय अशोक लामा रहेका छन् । 

उनीहरुले बसमा सवार यात्रु ताडीको साथबाट सातहजार नगद र सार्कीको साथबाट एकथान सामसुङ मोवाइल पकेटमारी गरी भाग्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका हुन् ।

यो समूहले विशेष गरी कार्यालय समयमा सार्वजनिक यातायातका साधानमा सर्बसाधारणको भिडभाड बाक्लो भएको मौका छोपि विहान १० देखि ११ वजे र साँझ चारदेखि पाँचवजेसम्म पकेटमारी गर्ने गरेको जानकारी प्रहरीले दिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?