प्रहरीका घुमुवालाई घुस दिने थुनुवा फन्दामा

काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगञ्जका सई टेकबहादुर कुँवरलाई घुस दिन जादै गरेको अवस्थामा एक जना थुनुवा ६० हजार नगद सहित पक्राउ परेका छन् । 

केही सार्वजनिक मुद्दामा पक्राउ परेका सोलु दुधकुण्ड वडा नम्वर–८ का ३० वर्षीय विजय मगरलाई पक्राउ गरिएको महाराजगञ्ज बृत्तले जनाएको छ । 

महाराजगञ्ज प्रहरी बृत्तका घुमुवा तथा सादा पोशाकमा तैनाथ सई कुँवरलाई आफ्नो मुद्धा छिटो बुझाइ दिन भन्दै मगरले सई मगरलाई ६० हजार घुसको लोभ देखाएका हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले सई कुँवरको गतिविधि पनि शंकास्पद भएकाले छानविन भइरहेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?