चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

सोमबार बैठक शुरु हुनासाथ कांग्रेस सांसद आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्  । 

सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको र डा. केसीको माग प्रति गम्भीर भनएको भन्दै कांग्रेसले संसद विरोध गरेका हुन् ।

कांग्रेसले संसद बैठक अवरुद्ध गरे लगत्तै लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । 

सांसद विश्वकर्माले सरकारलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गरे । सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको छ’ उनले भने, यस्तो स्थितिमा संसद चल्न सक्दैन ।’

सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे । उनले डा. केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै कांग्रेसले विरोध गरे ।

जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर हुँदै गइरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?