कपिलवस्तुमा डा. केसीको पक्षमा आन्दोलन

काठमाडौं । डा. गोविन्द केसीले जुम्मामा आन्दोलन थालेका १७ दिन पुग्दा पाँच नम्बर प्रदेशमा पक्ष र विपक्षमा आ–आफ्ना तर्क र आन्दोलनहरु शुरु  भएका छन् ।

बुटवलमा दैनिक जसो युवाहरु गोविन्द केसीका मागहरु पुरा गर्ने भन्दै प्रर्दशन जारी राखेका छन् । कपिलवस्तुमा पनि हिजो साझ केसी पक्षमा प्रर्दशन भएको थियो । प्रायः नगारिक समाज नाममा पाँच नम्बर प्रदेशमा शान्तिपूर्ण रुपमा प्रर्दशन भएका छन् ।

तर, पाँच प्रदेशमा मेडिकल सञ्चालन गरेका सञ्चालनहरु चाहिजति पटक आन्दोलन गर्ने अनि सरकारले हतारमा सम्झौता गर्न नुहर्ने पक्षमा छन् ।

प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुर्दशन वरालले शिक्षा तथा स्वस्थ्य जस्ता अति संवेदनशी क्षेत्रलाई असर पार्ने गरी बन्द हड्ताल गर्नु उचित नभएको बताए ।

मन्त्री वरालले जुम्लामा अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको बताए । उनले कुनै पनि समस्यको समाधान संवादबाट मात्र सम्भव भएको भन्दै राज्यले तदारुकता देखाउर्नु पनेमा जोज दिए । 

उनले माथेमा आयोगको प्रतिवेदन प्रति संघीय सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दे ।

काठमाडौंमा मात्र मेडिकल कलेज संचालनमा ल्याएमा प्रदेशहरुमा संस्थापना गरिने मेडिकल कलेजहरुमा दक्षज नशक्तिको कमि हुने तर्फ सचेत हुनुपर्ने बताए ।

लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष गोपाल बहादुर पोख्रेलले डाक्टर गोविन्द केसीका कतिपय मागहरु जीवन निर्वाहको सिद्धन्त विपरित भएको दावी गरे । उनले केसीले उठाउका शूल्क कम गर्ने,काठमाडौं कलेज खोल्न जस्ता मागहरु नाजायक रहेको बताए ।

नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष प्राध्यापक डाक्टर नन्दा गुरुङ्गले गोविन्द केसीले गरेको  १५ औं पटकको अनसनबाट सम्पूर्ण समस्याको दीगो समाधान गरी अनसनलाई सदाका लागि अन्तिम बनाउनु पर्नेमा राज्यले त्यस तर्फ ध्यान दिनन सकेको बताए । सरकारले ध्यान केसी माग प्राप्त तत्काल ध्यानदिनु पर्ने बताए ।

देवदह मेडिकल कलेजका रुपन्देही अध्यक्ष रजनिस जिन्दलले डाक्टर केसीको माग जे जसो भएपनि उनको जीवन रक्षा महत्वपूर्ण पक्ष भएको भन्दै त्यस तर्फ सरकार संवेदनशील हुनुपर्ने बताए ।  उनले माथेमा आयोग प्रतिवदेनको लागि पूर्ण कायन्नयन गर्दा निजी मेडिकल कलेज सञ्चालनहरु समस्या पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?