आजदेखि जिल्लाका यी कार्यालय खारेज

काठमाडाै-संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् ।आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।

संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो ।

सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।,

खारेज भएका कार्यालय
-जिल्ला शिक्षा कार्यालय
– जिल्ला जनस्वास्थ्य कार्यालय
– जिल्ला कृषि विकास कार्यालय
– जिल्ला पशुसेवा कार्यालय
-जिल्ला प्राविधिक कार्यालय
– जिल्ला वन कार्यालय
-जिल्ला बाल कल्याण समिति
– शान्ति समिति
-जिल्ला सहकारी कार्यालय
-भू–संरक्षण कार्यालय
-घरेलु तथा साना उद्योग
– महिला तथा बालबालिका कार्यालय
– जिल्ला वन कार्यालय
– जिल्ला अस्पताल
– जिल्ला सिँचाइ कार्यालय
-जिल्ला खानेपानी कार्यालय
– सहरी विकास डिभिजन कार्यालय
-जिल्ला खेलकुद विकास समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?