राजदूतहरूको वर्गीकरण खारेज

काठमाडौँ– सरकारले राजदूतहरूको वर्गीकरण खारेज गरेको छ । राजदूतलाई मन्त्री वा अन्य विभिन्न तहमा विभाजन नगर्ने निर्णय लिँदै अहिलेसम्म दिइएको तह खारेज गरिएको हो ।यसअघि भारतका राजदूत दीपकुमार उपाध्याय र चीनका राजदूत लीलामणि पौड्याललाई मन्त्री स्तर तोकिएको थियो ।

यो वर्गीकरण खारेज गरी सबै राजदूतलाई समान भनिएको हो । अमेरिका, भारत, चीन, जापानलगायतका राजदूतलाई श्रेणीमा माथि र अन्यलाई तल राख्ने गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

सबै राजदूत सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने भएकाले वर्गीकरण हटाइएको हो । राष्ट्रपतिबाट नियुक्त राजदूतले आगामी दिनमा प्रधानमन्त्रीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने अर्को व्यवस्था पनि सरकारले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?