नेपाली बक्स अफिसले डिजिटलमा फड्को मार्ने, हल्लाखाेरलाई तनाव

काठमाडौँ – लामो समयदेखि नेपाली चलचित्र निर्माताको गुनासो रहँदै आएको छ– फिल्मले व्यापार त राम्रै गरेको हो तर हलवाला र वितरक मिलेर हिसाब गोलमाल गरे । वितरकले चुरोटको खोलमा फिल्मको कमाइको हिसाब लेखेर दिने जमानाबाट अब भने नेपाली बक्स अफिसले डिजिटलमा फड्को मार्ने भएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

डिजिटल क्यामेराले फिल्म निर्माण र मल्टिप्लेक्सले प्रदर्शनमा परिवर्तन ल्याए पनि कमाइको हिसाब पारदर्शी र कर तिर्ने कुरामा नेपाली फिल्ममा ‘गोलमाल’ रहँदै आएको थियो ।

मंगलबारदेखि काठमाडौं उपत्यकाका फिल्म हलमा बक्स अफिस सिस्टम लागू हुने भएपछि अब निर्माताको गुनासो समाप्त हुनेछ । साथै केही लाखको आम्दानी गरेको फिल्मले पनि करोडौंको व्यापार गरेको प्रचार गरेर नयाँ ‘मुर्गा फसाउने’ प्रवृत्तिको पनि अन्त्य हुने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?