स्थानीय विकास कोष अब स्थानीयतहमा

काठमाडाैं : जिल्ला विकास समितिको कार्यालयअन्तर्गत सञ्चालित स्थानीय विकास कोषबाट सञ्चालित कार्यक्रमहरूलार्इ सरकारले स्थानीयकरण गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७७ वटै जिल्ला समन्वय समितिको कार्यालयमा पत्राचार गर्दै जिल्ला भित्रका स्थानीयतहलार्इ समन्यायिक हिसाबले कोषका कार्यक्रम वितरण गर्ने जनाएो छ । 

अब साविकको कोषमा रहेको रकम गाउँपालिका र नगरपालिकाको विशेष कोषका रूपमा खोलिएको छुट्टै खातामा राखि त्यसबाट तोकिएको कार्यक्रम अघि बढाउन सकिने परिपत्रमा उल्लेख छ । 

कोषको जिम्मेवारी स्थानीयतहमा हस्तान्तरण हुने भएपछि स्थानीय विकास कोषका कर्मचारी पनि सम्बन्धित स्थानीयतहमै खटिनेछन् । 

यस्तो छ परिपत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?