शुुरु भयो साउन : चुरा, पोते र मेहेन्दीको महिना (फोटो फिचर)

आजबाट साउन शुुरु भएको छ ।

 साउन अर्थात् धर्मकर्मको महिना ।

हरियाली हुने महिना ।

आज  नै हिन्दु नेपालीहरुले मिठोमसिनो खाएर साँझ लुतो फाली संक्रान्ति मनाउने गर्दछन्  ।  

यो महिनाभर भगवान शिवको पूजा आराधना गर्ने गरिन्छ ।

साउन महिनामा अधिकांश महिलाहरु व्रत बस्ने गर्दछन् ।

प्रायजसो हिन्दुधर्मावलम्वीले यो महिना भरि माछामासु, लसुन प्याज नखाने, नङ, कपाल नकाट्ने र महिलाहरुले हरियो चुरा, हरियो पोते, मेहेन्दी लगाउने गर्दछन् ।

पछिल्लो समय युवापुस्तामा व्रत बस्ने ट्रेन्ड बढेको छ । 

साउन महिनामा चुरा पसले, मेहेन्दी लगाउन चोकमा बसेकाहरु गेरु वस्त्र बोलबमको लागि चाहिने सामाग्री बिक्रीमा राखेका पसलेहरुलाई सामान बेच्न भ्याईनभ्याई हुन्छ ।

हिन्दु नारीहरुले साउन महिनामा हरियो चुरा लगाउने परम्पराकै कारण हरियो चुरा र मेहन्दीको व्यापारमा पनि वृद्धि हुने गरेको व्यापारीको भनाई छ । अन्य महिनाको तुलनामा साउन महिनामा हरियो चुरा, मेहेन्दी, पहेलोँ वस्त्रको र अन्य शृङ्गारिक सामानहरु राम्रो बिक्री हुने गरेको उनीहरुको भनाई छ ।

पछिल्लो समय युवापुस्तामा साउन महिनालाई पर्वकै रुपमा मनाउने ट्रेन्ड पनि देखिएको छ ।

साउनमा अविवाहित युवतीले हरियो चुरा र मेहेन्दी लगाउँदा आफैले चाहे जस्तो श्रीमान पाइने तथा  विवाहिता महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै लगाउने विश्वास रहिआएको छ। (फोटो फिचर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?