लागू भयो ‘टाइम कार्ड’, दिउँसोको समयमा टिपर चलाउन निषेध

सरकारले आजदेखि उपत्यकामा दिउँसोको समयमा टिपर चलाउन निषेध गरेको छ ।

केही समयदेखि ट्रिपर आतंकका कारण सवारी दुर्घटना बढेकाले ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ‘टाइम कार्ड’ को व्यवस्था गरेको हो ।

गृह मन्त्रालयले आजबाट राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र उपत्यकामा टिपर चलाउन दिने नियम लागू गरेको छ ।

त्यसैगरी भक्तपुरको जगातेदेखि कोटेश्वरसम्मको सडकमा बायाँतर्फ मालवाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन हुनेछन् ।  

ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नु पर्नेछ । तोकिएकोभन्दा बढी गतिमा सवारी चलाएमा कारबाही हुने व्यहोरा जनाइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?