६९ दिनपछि पक्राउमा परे बलात्कारी

रौतहट – रौतहटमा एक बालिकालाई अपहरणपछि बलात्कारको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गुजरा नगरपालिकास्थित कंकाली माविमा अध्यनरत एक छात्रालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा गुजरा नगरपालिका वडा ७ वर्ष ३६का बलिष्टर चौधरी,  वर्ष २४का धर्मेन्द्र कुमार चौधरी र वर्ष १९का जियालाल महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए । 

घटनाका मुख्य योजनाकार भनिएका बलिष्टर चौधरीले गुजरा नपा ७ कंकाली माविमा अध्यनरत  १३ वर्षीय छात्रालाई गत वैशाख २४ गते राति घरबाटै अपहरण गरेको प्रहरीले जनाएको छ । 

उनीसहितका समूहले छात्रालाई सर्लाही, पर्सा हुँदै भारतको विभिन्न स्थानमा राखेर बलात्कार गरेको बताइएको छ । बालिका बेवारिसे अवस्थामा पर्साको विरगञ्जमा फेला परेपछि घटना बाहिर आएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?