निमोनियाका कारण धरानका मेयर तारा सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । नियोनियाका कारण काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका सुब्बाको मंगलवार दिउँसो निधन भएको हो ।

मृगौला प्रत्यारोपण गरेका सुब्बा शारीरिक रुपमा कमजो थिए । उपचारका लागि उनलाई एक साता आईसीयूमा राखिएको थियो ।

सुब्बा स्थानीय निर्वाचन, २०७४ को चुनावमा तत्कालीन नेकपा एमालेका तर्फबाट धरान उप–महानगरपालिकाका मेयरमा विजयी भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?