ल गरि खाऊ नमस्कार ! भन्दै किन पन्छिए दमन रुपाखेती ? (भिडियो सहित)

 

हाँस्न सबैलाई मनलाग्छ ।

तर सबै हाँस्न सक्दैनन् । जान्दैनन् । 

हामीले कहिल्यै सोचेका छौँ ? हँसाउन कति गारो होला ? 

हाँस्न जति सजिलो हँसाउन उति नै गाह्रो हुन्छ । भगवानले हँसाउने कला जो कोहीलाई दिएका पनि हुँदैनन् । तर यही गाह्रो कामलाई विगत ३ दशकदेखि सजिलो तरिकाले गर्दै आएका छन् हाँस्य कलाकार, दमन रुपाखेती ले ।

****
सानो कद भएका रुपाखेती पर्दामा मात्र नभएर रियल लाइफमा पनि हँसी मजाक गरिरहन्छन् ।

आफू सधैं हाँसिरहने दमन, अरुलाई पनि पेट मिचीमिची हँसाउन सफल छन् । 

यद्यपी अभिनयको नौ रसमध्ये हँसाउने काम सबैभन्दा गाह्रो जस्तो लाग्छ उनलाई ।

कुनै समयको लोकप्रिय हाँस्य टेलिश्रङ्खला जिरे खुर्सानी र मेरी बास्सैमा अभिनय गरिसकेका दमन केही समयपछि नै दुवै कार्यक्रमबाट बाहिरिए ।

आफ्ना व्यवसायिक पार्टनरसँग असमझदारी र आन्तरिक द्वन्द्व बढेपछि उनले आफ्नै छुट्टै टेलिश्रृङ्खला ‘झ्याइँकुटी झ्याइँ’ निर्माण गरे ।

‘म कसैलाई नराम्रो गर्दिन, कसैको नराम्रो चिताउँदिन । तर यति हुँदाहुँदै पनि कसैले मेरो स्वाभिमान मै असर पुग्ने खालको कुरा ग¥यो भने वा भाग खोज्यो भने, ल गरिखाउ नमस्कार भन्दै पन्छिने हो ।’ उनी कड्किए ।

 

हेर्दा मिजासिला देखिने दमनलाई सहकार्य नफापेको जस्तो देखियो । हामीले लोकपथको बुम् उनीतर्फ तेर्सायौँ । 

‘म कसैलाई नराम्रो गर्दिन, कसैको नराम्रो चिताउँदिन । तर यति हुँदाहुँदै पनि कसैले मेरो स्वाभिमान मै असर पुग्ने खालको कुरा ग¥यो भने वा भाग खोज्यो भने, ल गरिखाउ नमस्कार भन्दै पन्छिने हो ।’ उनी कड्किए ।

****
उनको झ्याइँकुटी झ्याइँ टेलिश्रङ्खला पनि धेरै समयसम्म दर्शकमाझ जम्न सकेन ।

तर यसको दोष उनी ‘मिडिया हब’ लाई दिन्छन् । त्यसो त नेपाली मिडिया क्षेत्र पहिल्यैदेखि पैसाको मामिलामा अत्यन्तै कन्जुस भनेर बदनाम नभएको होइन । मिडिया हबले समयमै पैसा नदिएका कारण कार्यक्रम बन्द गर्नुप¥यो भन्ने उनको गुनासो छ ।

‘नेपाल टेलिभिजनको एकाधिकार भएकाले टेलिश्रङ्खलाहरु मिडिया हबको  तानाशाही प्रवृत्तिमा बाँच्नुपरेको छ ।’ उनले थपे ।

दमन अहिले आफ्नै लेखन तथा निर्देशनमा बनेको ‘हाक्काहाक्की’ नामक टेलिश्रृङ्खलामा व्यस्त छन् ।


सामान्य कुराकानी गर्दा पनि हाउभाउका साथ बोल्ने दमनलाई बढी नाटकीय ढङ्गमा अभिनय गर्छन् भन्ने आरोप छ । उनको व्यङ्ग्य अतिरञ्जित र बेअर्थी हुन्छन् भनेर धेरैले आलोचना समेत गरेका छन् ।

तर उनलाई यसमा कुनै आपत्ति छैन । सबैको आ–आफ्नै हेर्ने नजरीया हुन्छ भन्ने उनको विश्वास छ ।

‘आफ्नै बुढीलाई त मभन्दा अरु हाँस्य कलाकार मनपर्छ अरुको के कुरा गर्नु हा हा !’ उनले हाँस्दै भने । 

उनका अनुसार उनकी श्रीमती दमन्तालाई दमनकै समकालीन हाँस्य कलाकारहरु बेसी मनपर्छन् । ‘सधैं सँगै हुनेभएकाले पनि होला मबाट वाक्क भएकी’ जिस्किँदै बताए ।

‘आफैंले आफैलाई हाम्रो त छाडा च्यानल हो भनेर धक फुकाएर भन्नेहरु पनि छन् यहाँ ।’ निधार खुम्च्याउदै उनले थपे ।

दमन भने मदनकृष्ण श्रेष्ठलाई नेपालकै सर्वोत्कृष्ट हाँस्य कलाकार मान्छन् ।

उनका अनुसार युट्युबको भेलले गर्दा नेपाली मिडिया अव्यवस्थित हुँदै गइरहेको छ वा भनौँ एक प्रकारको छाडा प्रवृत्ति बढेको देखिन्छ ।

‘आफैंले आफैलाई हाम्रो त छाडा च्यानल हो भनेर धक फुकाएर भन्नेहरु पनि छन् यहाँ ।’ निधार खुम्च्याउदै उनले थपे ।

यसो भनिरहँदा उनको मुहारमा निराशा र दिक्दारीका रेखाहरु दौडिए । 

****

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?