सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने कांग्रेसको निर्णय

कांग्रेसले सरकारको अधिनायकवादी र जनविरोधी क्रियाकलाप विरुद्ध देशव्यापी प्रदर्शनी गर्ने घोषणा गरेको छ ।

पार्टीले श्रावण १५ गते प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्न जिल्ला समितिहरुलाई निर्देश गरेको छ ।

जिल्लाका भातृ एवं शुभेच्छुक संस्था, क्षेत्र, गाउँ÷नगर इकाईहरुलाई समेत सक्रियताका साथ जनताका बीच पु¥याउँदै उक्त विरोध प्रर्दशनमा सहभागी गराउने प्रतिबद्धता नेपाली कांग्रेसले जनाएको छ । 

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले मङ्गलवार जारी गरेको प्रेस विज्ञप्तिमा संघीय सरकार तथा प्रदेश सरकारहरु निर्वाचित भएर आएपछि सम्पूर्ण जनताको हक अधिकारको सम्बोधन  गर्दै अगाडि बढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट राज्य संचालन गर्न उद्दत छन् भन्ने आरोप लगाएका छन् । 

संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनु पर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरिनुका साथै संघीय व्यवस्थाको भावना विपरीत अधिकारहरुको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रुपमा प्रस्तुत हुने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरुलाई व्यवसायिक रुपमा संचालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रुपमा हावी भएको कुरा विज्ञप्तिमा भनिएको छ । 

नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरुलाई गैरकानूनी तरिकाबाट खारेज गर्ने, तत्कालीन सरकारले सत्तरी वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय, मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई  मासिक ५०००।– जिविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्प पीडितहरुलाई थप एक लाख राहत दिने निर्णयहरुलाई खारेज गर्ने सरकारको जनविरोधी निर्णयको विरोध हुन जरुरी भएको भन्दै कांग्रेसले भनेको छ, तत्कालीन सरकारले अध्यादेश मार्फत जारी गरेको चिकित्सा शिक्षा विधेयक उल्ट्याउने निर्णय, डा. गोविन्द के.सी. को अनशन र आन्दोलनबाट श्रृजित परिस्थितिलाई पनि कांग्रेसले गम्भीरताका साथ लिएको छ ।

उक्त अध्यादेशको हुवहु  विधेयक आउनु पर्ने दृढ मत कांग्रेसले राखेको छ ।

विज्ञप्तीमार्फत् कांग्रेसले आकाशिँदो मुल्यवृद्धिको विषयमा प्रधानमन्त्री गैरजिम्मेवार तरिकाबाट प्रस्तुत भएको प्रति खेद व्यक्त गरेको छ ।

महामन्त्री डा. शशांक कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने, निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुले कानून मान्दै आफ्ना क्रियाकलापहरुलाई अगाडि वढाउने स्वतन्त्रतामाथि वन्देज लगाउदै जाने, वाढी पहिरोबाट पीडित जनताका आवश्यकता र समस्याहरुप्रति उदासिनताका साथ प्रस्तुत हुने र समग्रमा केन्द्र एवं प्रदेश सरकारमा भएकाहरुको अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध आगामी श्रावण १५ गते प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्न जिल्ला समितिहरुलाई निर्देश गर्दै जिल्लाका भातृ एवं शुभेच्छुक संस्था, क्षेत्र, गाउँ÷नगर इकाईहरुलाई समेत सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध सक्रियताका साथ जनताका बीच पु¥याउँदै उक्त विरोध प्रर्दशनमा सहभागी गराउन समेत नेपाली कांग्रेसले निर्देश गरेको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?