२०२२ को विश्वकपमा नेपाली सुरक्षा गार्ड ?

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–कतार दुईपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग विशेष कुराकानी गरे ।

उनले सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरे ।

राजदुत मोहम्मदले नेपाल र कतार कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेको अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका थिए ।

उनले सन् २०२२मा विश्वकप फुटबलको आयोजना गर्न गईरहेको सन्दर्भमा सुरक्षागार्डमा ठुलो संख्यामा नेपालीहरुलाई लैजान कतार ईच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताए ।

कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?