कांग्रेसद्वारा थप विरोध कार्यक्रमहरु सार्वजनिक

नेपाली कांग्रेसले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै विरोध प्रदर्शनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बसेको पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकमा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु—सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा, रामकृष्ण यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, लक्ष्मी परियार लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कार्यक्रमहरु छन् । 

श्रावण ३ गते – प्रजातन्त्रवादी प्राध्यपक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा अपराह्न १ः०० बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन शुरु । 

श्रावण ५ गते – नेपाल तरुण दलको अगुवाईमा अपराह्न १ः०० बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन शुरु ।

श्रावण ८ गते – नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाइमा अपराह्न १ः०० बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन शुरु । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?