ठगी मुद्धामा पक्राउ परेका अध्यक्ष साउद प्रहरी हिरासतबाट रातारात गायव

काठमाडौं । बैदेशीक रोजगारका नाममा करीव ४० लाख ठगी गरेको अभियोगमा पक्राउ परेका अछाम जिल्ला रामारोशन गाँउपालिकाका अध्यक्ष झंकरबहादुर साउद ‘भाष्कर’ प्रहरी हिरासतबाट नै गायव भएका छन् । 

तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्लास्तरिय चर्चित नेता समेत रहेका साउदले चारजना युवाबाट करीव ४० लाख ठगी गरेको आरोपमा प्रहरीले सोमवार राति काँडाघारीबाट पक्राउ गरेको हो । 

उनलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीको हिरासतमा राखिएको थियो  । तर, अभियुक्त साउद भने पीडितहरुको पैसा तिर्ने शर्तमा भन्दै हिरासतबाट नरात्रि नै मुक्त भएको जानकारी पीडितहरुले दिएका हुन । 

बैदेशीक रोजगारका नाममा अछामका युवाहरुलाई मकाउ लैजाने भन्दै अभियुक्त साउदले प्रतिब्यक्ति पाँचलाखदेखि १० लाख उठाएको आरोप छ । 

महानगरीय प्रहरी प्रभाग काडाँघारीले अछामकै स्थानीय नेताहरु आएर पीडितहरुको पैसा फिर्ता गर्ने शर्तमा साउदलाई पुन उपस्थित गराउने गरी बुझेर लिएको बताएको छ । 

बैदेशीक रोजगार ठगी मुद्धामा विगत एक वर्षदेखि फरार अवस्थामा रहेका साउदलाई प्रहरी र पीडितहरुले सहकार्य गरी पक्राउ गरेको हो । 

रामारोशन गाँउपालिकाको निर्वाचित अध्यक्ष साउद आफूमाथि लागेको ठगी मुद्धाका कारण गाँउ छोडेर राजधानीमा लुकिछिपि बस्दै आएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?