साहुले निकालिदिएपछि साउदी अरबमा ३८ नेपाली अलपत्र

खोटाङ- वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् ।

विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् ।

साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काममा जान इन्कार गरेकामा कम्पनीले निकालिदिएपछि खोटाङका १४ जना अलपत्र परेको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले जानकारी दिइन् ।

अलपत्र पर्नेमा सिन्धुलीका तीन, मकवानपुरका दुई, भोजपुरका एक, सर्लाहीका दुई, म्याग्दीका एक, बाग्लुङका एक, डडेल्धुराका एक, कैलालीका एक, दैलेखका दुई र रामेछापका एक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?