‘देशलाई ध्वस्त पार्न सांस्कृतिक अतिक्रमण हुँदैछ’ (भिडियो सहित)

काठमाडौं । सांस्कृतिक रुपमा नेपाल धनी देश मानिन्छ ।

यहाँको भौगोलिक विविधतालाई सदिऔंदेखि एकअर्काले सम्मान गर्दै आएका थिए ।

तर, केही वर्षदेखि जात तथा संस्कृतिमा पनि राजनीति मुछिन थालेको छ । यसको दीर्घकालीन असर संस्कृतिमा परेको छ ।

अहिले नेपाली संस्कृति ढुंगा मिसिएको चामल बनेको छ ।

बदलिँदो पुस्ताले परिवर्तन हुँदै गरेको समाज र संस्कृतिलाई निकै सहजताका साथ लिएपनि यसको असर भने दीर्घकालीन रुपमा छ भन्नेमा संस्कृतविद् सजग छन् ।

संस्कृतिलाई जोगाउनुपर्छ भन्ने आवाज उठिरहँदा अर्कातिर नेपाली संस्कृति परिमार्जित हुँदै पनि गएको छ ।

यही संस्कृति र यसका दीर्घकालीन परिवर्तनका बारेमा लोकपथकर्मी प्रेरणा तिमल्सिनाले संस्कृतिविद् सविता प्रसाईंसँग गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ :

नेपालमा एउटा पुस्ताले संस्कृति परिवर्तन हुँदै जानुपर्छ भन्न थालेका छन् । अर्को पुस्ता छ, जसले संस्कृति परिवर्तन हुनु हुँदैन भनिरहन्छन् । हुनुपर्ने के हो जस्तो लाग्छ?

संस्कृतिको विशेषता भन्नु नै परिवर्तनशीलता हो । यही परिवर्तनको कारण आज हामी अहिलेको अवस्थामा छौँ  ।

कुनै समय हाम्रा आमा, दिदी, भाउजूलाई सती जानुपर्छ भनेर भन्ने गरिन्थ्यो ।

अहिले त्यो संस्कृति होइन, विकृति हो भनेर समाजले बुझ्यो ।

अहिले कानूनतः यसलाई हटाइएको छ । यो परिवर्तनकै परिणाम हो ।

नयाँ पुस्ताले पाश्चात्य शैली अवलम्बन गरेर नेपाली संस्कृति ध्वस्त पारेका छन् भनिन्छ, यसमा के भन्नुहुन्छ ?

यो संस्कृतिको प्रक्रियामा छ । त्यसैले यो पश्चिमीकरण  अधुनिकीकरण, असंस्कृतिजस्ता प्रक्रिया हाम्रो संस्कृतिमा हावी भइरहेको छ ।

हाम्रो समाजले पश्चिमी संंस्कृति अन्धाधुन्ध अपनाउन थालेको छ ।

यो सांस्कृतिक लेनदेन प्रक्रिया हो यसमा आफ्नो संस्कृति पनि केही रुपमा अरुले अपनाउँछ भने उनीहरुको संस्कृति पनि आफूले अपनाइन्छ ।

यो प्रक्रिया नेपालमा पनि चलन चल्तीमा आइसकेको छ । विभिन्न भौतिक, अभौतिक तत्त्वको निर्माणकर्ता मानव हो ।

हिजोआज गाई बाख्रा डो¥याएर हिँड्नेलाई पाखे भन्छन्, शहरमा कुकुर डो¥याएर हिँड्नेलाई धनाढ्य । हामी कतातिर गइरहेका हौँ? 

यो पश्चिमीकरणको प्रभाव हो । फाटेको जिन्स लगाएर हिँड्दा , टुटेफुटेको इङ्गलिस बोल्दा , बुझे पनि नबुझे पनि उनीहरुको संगीत राम्रो भन्नु एउटा रोग नै हो ।

अब यसलाई सुधार्न पुरानो पुस्ताले पनि आफ्नै संस्कृतिको चिन्ता र माया गर्नुपर्छ ।

विकृति छन् भने परिमार्जन गर्दै लैजानुपर्छ । संस्कृति र यसको सम्मान गर्ने शिक्षा स्कूलदेखि माथिल्लो तहसम्म पु¥याउन आवश्यक छ । 

पढाइकै कुरा गर्दा नेपालमा सस्ंकृति विषय लिएर पढ्ने छात्रा छात्रहरुको संख्या कस्तो छ ?

तुलनात्मक रुपमा हेर्दा संस्कृति पढ्ने छात्राहरु नै बढी छन् । यो विषय नेपालका त्रिभुवन विश्वविद्यालय र विराटनगरमा मात्रै पढाइ हुन्छ ।

यी दुवै विश्वविद्यालयमा संस्कृति पढ्ने विद्यार्थी एकदम कम छन् ।

तर, उहाँहरुले पनि संस्कृति बुझ्ने हिसाबले भन्दा डिग्रीको सर्टिफिकेट लिनका लागि बढी पढेको देखिन्छ ।

तथ्याङ्कमा हेर्दा संस्कृति पढ्ने विद्यार्थीको संख्या घट्दै गएको देखिन्छ, यसको मुख्य कारण के हो?

अहिलेको शिक्षा बजारमुखी छ । सोहीअनुरुप पढाइ हुन्छ ।

अहिले अंगे्रजी माध्यमको शिक्षा पनि उत्तिकै अगाडि छ । साथै हाम्रो पाठ्यक्रम मूल्याकंन गर्दा माटो सुहाउँदो संस्कृति, देशलाई मिल्ने मात्र नभएर अदृश्य रुपमा विदेशमा गएर पनि काम पाउने हिसाबले तयार गरिएको छ ।

यसरी विदेशमा चल्ने विषय पाठ्यक्रममा समावेश गरेपछि विद्यार्थी घट्नु स्वभाविक हो ।

विदेशी तरिकाले पाठ्यक्रम निर्माण गरिएको भन्नुभयो । विदेशी हस्तक्षेप बढेको हो र नेपाली संस्कृतिमा?

हो । अदृश्य रुपमा बढेको छ ।

नेपालमा राजनीतिक स्थिरता नहुनको कारण यो पनि हो । यसको मुख्य असर नेपाली संस्कृतिमा परेको छ । विकास र राष्ट्रियता जोगाउनु छ भने त्यो देशको नागरिकले इतिहास र धर्म, संस्कृति बिर्सेको हुनुहुँदैन ।यो उसको रगत, नसामा बसेको हुनुपर्छ ।

किनकि, यी राजनीतिक बहसका विषय हुन् । लुकाइएका तथ्यहरुले के भन्छ भने राजनैतिक, आर्थिक विषयलाई नेपालीले चलाउन कहाँ पाएका छन्?

नेपालमा राजनीतिक स्थिरता नहुनको कारण यो पनि हो । यसको मुख्य असर नेपाली संस्कृतिमा परेको छ । विकास र राष्ट्रियता जोगाउनु छ भने त्यो देशको नागरिकले इतिहास र धर्म, संस्कृति बिर्सेको हुनुहुँदैन ।

यो उसको रगत, नसामा बसेको हुनुपर्छ । बल्ल मात्र उसले जहाँ गए पनि अफ्नो देश, धर्म, संस्कृति बिर्सन सक्दैन ।

यस कारण पाठ्यक्रममा परिमार्जन गर्नुपर्छ  । पाठ्यक्रम निर्माण गर्ने पाठ्यक्रम विभागले बेलैमा ध्यान दिएर हाम्रा विद्यार्थीले विदेशमा पनि काम पाउने र नेपाली संस्कृति पनि नबिर्सने उद्देश्यले परिमार्जन गर्नुपर्छ ।

घरको पूजाआजामा बाभन्दा आमा बढी संलग्न भएको देख्छौँ है?

यसमा पनि कारण छ । हरेक इतिहासले परम्पराको जिम्मेवारी महिलालाई दिएको हुन्छ ।

यद्यपि यसबारे बहस तथा खोजी भइरहेको छ । हाम्रा प्रत्येक संस्कृतिहरु धर्मकै आधारमा बनेका छन् ।

देशलाई ध्वस्त बनाउन सांस्कृतिक अतिक्रमण पहिलो अस्त्रको रुपमा प्रयोग गरिन्छ भन्छन् नि हो ? 

यो एकदम सत्य हो । हाम्रो छिमेकी मुलुक भारतमा पनि ब्रिटिस राज्यको स्थापना भएको थियो ।

जब ब्रिटिसहरुले उपनिवेशवाद छोडे, त्यसबेला वेलायतमा ठुलो गोष्ठी भयो ।

भारतीय संस्कृतिलाई कसरी तल पार्ने? भन्ने विषयमा एक वैज्ञानिकले भनेका थिए – ‘जबसम्म उनीहरुको देशप्रतिको माटोमाटोमा नशा नशामा माया छ, जबसम्म उनीहरुलाई आफ्नो देशको संस्कृति खराब हो र हामीले स्थापना गरेको ब्रिटिश उपनिवेशवादको संस्कृति राम्रो हो भन्ने दिमागमा पार्न सक्दैनौं, तबसम्म हामीले उनीहरुलाई चलाउन सक्दैनौं ।’

जर्मनीको युनिर्भसिटीमा संस्कृत भाषा पढाइ हुन्छ र जर्मनीले विशेष गरेर संस्कृत भाषाको खोज अनुसन्धान गरिरहेको पनि छ । उनीहरु आफै पूर्वीय संस्कृति अवलम्बन गर्न खोजिरहेका छन् । तर हामीलाई विमुख बनाउँदै छन् हो?

अमेरिकामा योग, ध्यान पूजापाठ, श्लोकवाचन पनि हुन्छन् । अझ विदेशीहरु नेपालमा आउने एउटा कारण यो पनि हो – उनीहरुलाई नेपालीको संस्कृति, पारिवारिक र भावनात्मक संरचनाले धेरै प्रभाव पारेको हुन्छ । नेपालमा पुरातन हिन्दू संस्कृति छ भन्ने उनीहरुलाई थाहा छ ।

विकसित देशले राम्रो कुरा छानेर त्यहीअनुसार संस्कृति अपनाएको हुन्छ ।

जर्मनका म्याक्स मुलर, जसले भारतीय संस्कृतिमा पीएचडी गरे । उनले सिफारिश गर्दा पूर्वीय हिन्दू दर्शनलाई महान् भनेका छन् ।

अर्को कुरा के पनि हो भने हामीले मात्र विदेशी संस्कृति अपनाएको होइन । हाम्रो संस्कृति पनि उनीहरुले अपनाइरहेका छन् ।

अमेरिकामा योग, ध्यान पूजापाठ, श्लोकवाचन पनि हुन्छन् ।

अझ विदेशीहरु नेपालमा आउने एउटा कारण यो पनि हो – उनीहरुलाई नेपालीको संस्कृति, पारिवारिक र भावनात्मक संरचनाले धेरै प्रभाव पारेको हुन्छ ।

नेपालमा पुरातन हिन्दू संस्कृति छ भन्ने उनीहरुलाई थाहा छ । पारिवारिक सबन्ध बलियो हुनुको रहस्य सिक्न उनीहरु नेपाल आउँछन् ।

अर्को कुरा नेपाल प्राकृतिक रुपमा ‘गड गिफ्टेड’ देश हो । पर्यटन विकासको लागि दुई कुरा आवश्यक हुन्छ ।

एक सांस्कृतिक सुन्दरता र अर्को प्राकृतिक सुन्दरता । नेपालमा पाँच हजार वर्षअघिको संस्कृति लुकेको छ ।

फेरि संस्कृति एकैछिनमा बन्ने या हुने कुरा पनि होइन । 

तर नेपाली युवापुस्तामा त यो माया महत्व फिटिक्कै देखिँदैन नि?

सम्बन्धित निकायले हाम्रो कला संस्कृतिबारे महत्त्व दिन सकेको छैन ।

तल्लो तहदेखि यस सम्बन्धी शिक्षा नदिएको कारण र यसको महत्व आफ्ना सन्तती, छोराछोरी  र जनतालाई  बुझाउन नसक्नाले यस्तो परिस्थिति सिर्जना भएको हो ।

२०७२ सालमा ध्वस्त भएका धार्मिक ऐतिहासिक पुरातात्विक महत्वका संरचनाहरु मौलिक रुपमा नै पुनः स्थापना गर्ने कि अझ बलियो बनाएर कंक्रिट संरचनामा निर्माण गर्ने भन्ने विषयमा विवाद भइरहन्छ । यसमा तपाईंको धारणा के छ?

यसको प्रत्यक्ष प्रभाव आर्थिक विषयसँगै भएको छ ।

विदेशीहरु नेपालको संस्कृति र प्रकृतिसँग रमाउन आउने हुनाले उनीहरु आउँदा सम्पूर्ण अध्ययन गरेर आएका हुन्छन् ।

युनेस्कोको लिस्टमा रहेका संरचनालाई हेरेर नेपाल आएका हुन्छन् । यो विश्वकै सम्पत्ति हो ।

नेपालीले प्रस्तुत गर्ने पनि त्यही हो । अहिले विश्वकै संस्कृतिविदहरुको चिन्ताको विषय पनि हो यो ।

प्रशासनिक कारणले समयमा निर्माण गर्न नसक्दा  हामी यसैपनि घाटामा छौं ।

यति धेरै महत्त्वको सम्पदा पुनर्निर्माणमा ढिलाइ हुँदा किन र के कसरी ढिलाइ भयो भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनैपर्छ ।

रानीपोखरी, वसन्तपुर दरबार, धरहरा यी सम्पदा जतिसक्दो छिटो पुननिर्माण गर्नुपर्छ । यी सम्पदाहरु ‘वल्र्ड हेरिटेज’ भएकाले यो विश्वकै चिन्ताको विषय हो ।

क्षति भएको तीन वर्ष हुँदा पनि कसरी बन्ने वा कसले बनाउने भन्ने कुरामा विवाद हुनु सामान्य कुरा होइन ।

अन्तिममा के भन्नुहुन्छ ?

हरेक मानवको पहिलो पाठशाला घर हो । आमा पहिलो शिक्षिका हुन् ।

त्यसैले आफ्ना बाबु नानीहरुलाई हरेक अभिभावकले धर्म, संस्कृति, परम्पराबारे सिकाउनुपर्छ  । 

प्रत्येक ४ वर्षमा हुने पाठ्यक्रम निर्माण नेपालीपन झल्किने गरी समावेश हुनुपर्छ ।

मिडियाहरुले पनि निरन्तर निगरानी र खबरदारी गर्नुपर्छ ।

सबैले  आ–आफ्नो क्षेत्रबाट सक्दो कोशिश गरेको खण्डमा देशको कला, संस्कृति र सांस्कृतिक धरोहर संरक्षण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?