पचास हजार दर्शक अट्ने रंगशाला बनाउँदैछौँ : सदस्य सचिव विष्ट (भिडियोवार्ता)

 के मा व्यस्त हुनुहुन्छ ?
भौतिक पुर्वाधार निर्माण, पूनर्निर्माण, आगामी कार्यक्रमको तयारीमा व्यस्त छु । 

तपार्इंले ३ वर्षअगाडि जिम्मेवारी सम्हाल्दै आफ्नो कार्यकाल स्वर्णीम बनाउछु भन्नुभएको थियो । कतिको सफल हुनुभयो ? 
भनेको हुँ । हामी स्वर्णीम बनाउने प्रथम चरणमा छौँ । ७५ साल सबैले अनुभव हुने गरी काम गर्ने प्रयासमा छौँ । “७५ साल, खेलकुदको स्वर्णकाल” भनेर नारा नै बनाएका छौँ । यो कुरा पदकमा देखिन्छ । यो अनुभव गर्ने कुरा हो । खेल क्षेत्रमा लागेका पदाधिकारी कर्मचारी, खेलप्रेमीहरुले अनुभव गर्ने कुरा हो । पहिलेको भन्दा उहाँहरुले पनि खेल क्षेत्रमा सुधार भएको, खेलाडीहरुका लागि कल्याणकारी काम भएको, सुरक्षित  महसुस भएको र खेलकुदका प्रगतिहरु भएको अनुभुत गर्नुभएको छ । 

राष्ट्रिय खेलकुद परिषद्मा नै धेरै खालका विवादहरु देखिन्छन् नि !
यो साँचो हो । केही विवादहरु अझै छन् तर पहिलेको जस्तो अवस्था छैन । राष्ट्रिय खेलकुद परिषद ‘राखेप’मा म आउँदा आन्दोलन, अख्तियारको उजुरी, मुद्दा, धर्ना, जुलुस, अन्दोलन, मारपिट जस्तो किसिमको अवस्था थियो । अहिले त्यस्तो अवस्था छैन । यो स्वर्णकालको शुरुवात हो । 

३ वर्षको प्रगति विवरण के छ ? 
म नेतृत्वमा आउँदा नेपालले ९२ वटा अन्तर्राष्ट्रिय पदक ल्याएको थियो । अहिले हामीले ३ सय ८ वटा पदक ल्याएका छौँ । अहिले ५ सय वटा भन्दा बढि पदक आइसकेको छ । ९२ बाट ५ सय पुग्नुलाई एउटा सफलताको रुपमा लिइएको छ । यद्यपी बजेट, नियम प्रक्रिया, विधि र दृष्टिकोण सम्पूर्ण रुपमा सर्पान सकिएको छैन । 

तीन वर्ष पहिले परिषद्मा आउँदा बनाएका योजनाहरुमध्ये अझ राम्रोसँग गर्न सक्थेँ तर यस्तो भयो भन्ने कुनै छ ? 
पहिला बनाएको योजना हामीले कति हद सम्म पूरा गरिसक्यौँ । नयाँ—नयाँ योजना भर्खरै पनि बनाएका छौँ । यद्यपी ४÷५ वर्ष देखि बन्द भएको  राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नु हाम्रो मुख्य चुनौती थियो । जुन हामीले सम्पन्न गर्यौं । ‘साफ’ गेम्समा सहभागी भएर पदक ल्याउनुपर्ने थियो । हामीले दोब्बर नै ल्यायौँ । 

मोफोसलका खेलाडीहरुको एउटा साझा गुनासो छ, जिल्लाको खेलकुदमा बजेट नै पर्दैन । परिहाल्यो भने काम नै हुँदैन कसरी खेल्ने ? 
बजेट आउनुलाई पहिलो कुरा केन्द्रमा नै ठूलो बजेट आउनुपर्छ । समग्रमा सरकारकै बजेट सानो छ, त्यसमाथि खेलकुदमा बजेट सानो छ । सानो आकारको बजेटलाई ७५ जिल्लामा सार्दा यसको भोलुम सानो भएको हो । तर विगतको तुलनामा अहिले १० गुणा बढी बजेट गएको छ । अहिले मोफसलमा पनि महिनामा एउटा कार्यक्रम भईरहेको हुन्छ । राष्ट्रपति महिला सहभागिता कार्यक्रम भन्ने ठूलो प्रोजेक्ट हामीले चलाइरहेका छौँ । अन्तर्राष्ट्रिय खेलकुदमा महिलाले ल्याएको पदक पुरुषको तुलनामा बढी छ । तर हाम्रो समाजमा अहिले पनि छोरी मान्छे खेलकुदमा लाग्ने होइन भन्ने चलन छ । त्यसकारण महिला हिंसा अन्त्यका हामीले केही कार्यक्रमहरु गर्दै आइरहेका छौँ ।  

खेलकुदका माध्यमद्वारा शारीरिक, मानसिक रुपले आत्मबल उच्च बनाएर हिँडेकी महिलामाथि हिंसा, भेदभाव, अन्याय हुन सक्दैन । उनीहरुको बीचमा संगठन हुन्छ । नेटवर्क हुन्छ, प्रतिवाद गर्ने कला हुन्छ । समाजको ध्यान पुगिरहेको हुन्छ । उनीहरु कसै न कसैको निगरानीमा हुन्छन् ।

महिलाको हिंसा अहिलेको विकराल समस्या हो । यसको अन्त्यका लागि  भाषण, अन्तरक्रिया, छलफल गरेर हँुदैन । त्यसैले हामीले महिलाहरुलाई खेलकुदको माध्यमद्ववारा सशक्त बनाउन लागिपर्ने भएका छौँ । जुन सङ्ख्यामा महिलाहरु खेलकुदमा लाग्नु हुन्छ, त्यही सङ्ख्यामा महिला हिंसा  कमी हुँदै जान्छ । एउटी महिला खेलकुदमा लागेपछि उनीमाथी हिंसा हुनै सक्दैन । खेलकुदका माध्यमद्वारा शारीरिक, मानसिक रुपले आत्मबल उच्च बनाएर हिँडेकी महिलामाथि हिंसा, भेदभाव, अन्याय हुन सक्दैन । उनीहरुको बीचमा संगठन हुन्छ । नेटवर्क हुन्छ, प्रतिवाद गर्ने कला हुन्छ । समाजको ध्यान पुगिरहेको हुन्छ । उनीहरु कसै न कसैको निगरानीमा हुन्छन् । त्यसैले हामीले हरेक जिल्लाका स्कुल, कलेजका विद्यार्थीहरुलाई खेलकुद र आत्मरक्षा सम्बन्धी सीप सिकाई रहेका छौँ । यसका साथै सडक बालबालिकाको लागि पनि हामी काम गर्न खोज्दैछौँ । 

अन्तर्राष्ट्रिय खेलकुदहरुमा नेपालको सहभागिता बढाउनको लागि कस्तो तयारी हुँदैछ ?
हामीले नेपालमै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गरेका थियौँ । यही भदौको पहिलो साताबाट शुरु हुने १८ औँ एशियाली खेलकुद ‘एशियाड’ मा सहभागी हुँदैछाँै । यसका साथै अरु देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुने मौका खेलाडीहरुलाई दिँदै आइरहेका छौँ । तर बजेटको अभावले कहिलेकाहीँ समस्या आइरहन्छ । नेपालमा नै  आयोजना हुने ‘साफ गेम्स’ को लागि पूर्वाधारको पूनर्निर्माणमा जुटिराखेका छौँ । 

पूनर्निर्माण कहिले सकिन्छ ?
हामी सकभर चाँडै नै पूनर्निर्माणको कामलाई अन्तिम रुप दिने तयारीमा छौँ । वि.स. २०७२ वैशाख १२ मा गएको विनाशकारी भुकम्पको कारण क्षतिग्रस्त प्याराफिट पुर्नर्निर्माण गर्ने टेस्ट गर्न २ वर्ष लाग्यो । नेपालको टेन्डर प्रक्रिया अलि लमतन्ने किसिमको भएर पनि पूनर्निर्माण गर्न ढिलाई भएको हो । 

ठ्याक्कै कहिले सकिन्छ ? 
सेप्टेम्बर महिनाको फस्र्टमा । कंक्रिटको सबै काम सेप्टेम्बरसम्ममा सकिन्छ । त्यसपछि चिनियाँ सरकारबाट आएका निर्माण टोलीलाई यो काम हस्तान्तरण गर्छौं । यो टोली अहिले सातदोबाटोस्थित क्षतिग्रस्त अन्तर्राष्ट्रिय स्वीमिङपुल र अन्य संरचनाको पूनर्निर्माणमा जुटेको छ । सेप्टेम्बर फस्र्ट देखि फेब्रअरी अन्तिम सम्म टोलीले हामीलाई हस्तान्तरण गरिसक्छ । अब यो मिति सर्दैन । 

भर्खरै मात्रै हामीले विश्वकप हेर्यौँ त्यो मैदान, त्यो व्यवस्थापन देखेर तपाईंले के सोच्नुभयो ? नेपालसँग त २५ हजार दर्शक अट्ने स्टेडियम पनि  छैन । 
विश्वकप हेरियो । ठ्याक्कै त्यहि लेभलको स्टेडियमको सपना त बुनेको छैन । यद्यपी हामी योजनाबद्ध रुपमा अघि बढिरहेका पक्कै छौ । भक्तपुरको नलिनचोक र सुर्यविनायक नगरपालिकामा १५ सय रोपनी जग्गा आवश्यक पर्छ । त्यो जग्गा प्राप्तीको लागि पनि प्रतिवेदन भर्खर बुझाइयो । काठमाडांै क्षेत्रमा ५० हजार भन्दा बढी क्षमता भएको त्यस्तै स्ट्यान्डर्डको रंगशाला राष्ट्रिय गौरवको रुपमा राख्नलाई हामीले सुधार गरिसकेका छौँ । र आगामी तीन वर्ष भित्रमा बन्ने भनेर नीति तथा कार्यक्रम आइसकेको छ । हामीले यो रंगशालाको सट्टामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनै पर्छ । साथैै केन्द्रमा  मात्र नभएर सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका मैदान, कबर्ड हल बनाउने योजना बनाइसकेका छौँ ।  विभिन्न ठाउँमा डिजाइन भइरहेको छ, कतै फिल्डको काम शुरु भइसकेको छ भने कतै टेन्डर प्रक्रिया शुरु गरिसकेको छ । नयाँ रंगशाला मैदान निर्माणको काम हामी २, ३ वर्षमा सक्ने रणनीतिका साथ अगाडी बढ्दैछौँ । केन्द्र बाहिरपनि ७ सय भन्दा माथि खेलकुदका भौतिक पूर्वाधारहरु बनाउने तयारीमा छौँ । २ सय ४० निर्वाचन क्षेत्रमा नै खेलकुद मैदान बनाउँदै स्थानीय तह र सदरमुकामसम्म पुग्ने लक्ष्य रहेको छ । प्रगति त धेरै छ, दशरथ रंगशाला नबनेको भएर मात्र हो ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?
मैले नेपाली खेलकुद क्षेत्रलाई आर्थिक रुपले सम्पन्न बनाउन नसके पनि मिडियाहरुले यो क्षेत्रमा पु¥याएको साथ र सहयोगप्रति म कृतज्ञ छु । र, आगामी चार/पाँच वर्ष भित्रमा नेपाली खेलकुद क्षेत्रलाई माथि उठाउने कुरामा अहोरात्र खटिनेछु । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?