विश्वको सबैभन्दा ठूलो कृत्रिम झरना

चीनको गुईझाउमा विश्वको सबैभन्दा ठूलो कृत्रिम झरना बनाइएको छ । १

८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा हालै बनेको एक भव्य गगनचुम्बी भवनबाट खसिरहेको छ । 

१ सय १ मिटर अग्लो उक्त भवनलाई ‘लेइवियन अन्तर्राष्ट्रिय प्लाजा’ नाम दिइएको छ । 

सो भवनमा एक होटेल, सपिङ्ग मल र कार्यालयहरु पनि रहने छन् । 

भवनमा झरना निर्माण गर्ने कार्य त्यति सजिलो नभएकाले यसलाई विशेष अवसरमा मात्र प्रयोगमा ल्याइने एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?