नेपाल वायुसेवा निगमको नयाँ विमान ‘अन्नपूर्ण’ ले साउन १६ देखि उडान भर्ने

काठमाडाैं : नेपाल वायुसेवा निगम (एनएसी) ले साउन १४ गते नेपाल ल्याएको नयाँ वार्इडवडी विमान 'अन्नपूर्ण' ले साउन १६ गतेदेखि व्यवसायिक उडान भर्ने भएको छ । 

उडान भर्नका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले सोमबार यो विमानलार्इ उडान अनुमति दिएको छ। अनुमति पाएलगत्तै एनएसीले उडान तालिका समेत सार्वजनिक गरेको छ। 

'अन्नपूर्ण' ले एक हप्तामा ३ वटा अन्तरराष्ट्रिय उडान गर्ने एनएसीले जानकारी दिएको छ । ए ३३० २०० सिरिजको यो जहाजले भोली (बुधबार) कतारको राजधानी दोहाका लागि पहिलो व्यवसायिक उडान भर्ने निगमले जनाएको छ। 

दोहा उड्न लागेको जहाजको पुरै २ सय ७४ सिटको टिकट बिक्री भर्इसकेको छ । यो विमानले यसअघि नै भारतको राजधानी नयाँ दिल्लीसम्म परीक्षण उडान भरिसकेको छ । 

वाइड बडी ए ३३०–२२० सिरिजको जहाज उडाएर एनएसीले अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बृद्दि गर्ने लक्ष्य लिएको छ ।

साउन ११ गते नेपाल भित्र्यार्इएको अर्को विमान 'मकालु' ले पनि अबको दुर्इ साताभित्र उडान अनुमति प्राप्त गर्ने र उडान भर्ने एनएसीले जनाएको छ। हवार्इ उड्ययन नियामक क्यानले यो विमानलार्इ नार्इन एन एएलजेड कलसार्इन उपलब्ध गराएको छ । 

नयाँ विमानमार्फत तत्काललार्इ दोहा र दुवर्इसम्म व्यवसायिक उडान भर्ने र चाँडै नै जापान तथा चीनका गन्तव्यहरूमा उडाउने व्यवसायिक योजना एनएसीको रहेको छ । साथै, क्रमश ः यी नयाँ विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना रहेको एनएसीका अधिकारीहरूले बताएका छन् ।

अहिले नेपालको राष्ट्रिय ध्वजावाहक एनएसीले विभिन्न ८ वटा अन्तरराष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा नेपाल वायुसेवा निगमका जहाजले उडान भरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?