गाउँ पर्यटन प्रवर्द्दन मञ्चको अध्यक्षमा ध्रुव सिम्खडा

काठमाडौँ : गाउँ पर्यटन प्रवर्द्दन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन् । 

मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 

मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा भएका छन् ।

यस्तै, मञ्चको सदस्यमा क्रमशः जीवन थपलिया, देवीकृष्ण रोकाया, राममणि रिजाल र कुमार बानियाँ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । पन्ध्र सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ११ पदाधिकारी निर्वाचनबाट चुनिएका हुन् भने बाँकी तीन सदस्य मनोनित गरिनेछन् । 

निर्वाचनमा सिम्खडा र बासु पाण्डेको समूहले प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेको थियो । नवनिर्वाचित अध्यक्ष सिम्खडाले व्यावसायिक एकताका साथ सहरकेन्द्रित पर्यटनलाई देशका ग्रामीण भेगसम्म पु-याउने बताए । नमूना घरबास कार्यक्रम ‘होम स्टे ट्रेल’, ‘अर्गानिक प्रोडक्ट’ तथा अन्तर्राष्ट्रिय होमस्टेसँगको समन्वय र सहकार्यलाई अघि बढाइनुका साथै उत्कृष्ट होमस्टे गन्तव्यमा सरकारी कर्मचारीलाई ‘लिभ होलिडे’ को व्यवस्था मिलाउन पहल गर्ने सिम्खडाले प्रतिबद्दता जनाएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?