सरकार भन्छ पचास लाख पर्यटक भित्र्याउँछौँ , पर्यटक भन्छन् पहिला धुलो हटाउनुस्

सरकारले अबको १० वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने दाबी गरेको छ ।

हरेक साल सरकारले पर्यटक भित्र्याउने भन्दै संख्यात्मक छलाङको हौवा दिँदै विभिन्न दाबी गरिरहन्छ ।

सोही परिपाटीलाई निरन्तरता दिँदै बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले काठमाडौंमा गरेको ‘पर्यटन क्षेत्रको भावी कार्यदिशा’ विषयक अन्तरक्रियामा अर्थमन्त्री डाक्टर यूवराज खतिवडाले पूर्वाधारको विकास गर्दै पर्यटकको संख्या वृद्धि गराउने बताए ।

तर बढीभन्दा बढी पर्यटक भित्र्याउनको लागि हाम्रा पूर्वाधारहरु कतिको विकास भएका छन् सरकारले चासो दिएको छैन ।

त्यसो त पर्यटन क्षेत्रको विकासका लागि संघीय, प्रदेश र स्थानीय तहको सरकारबीच सहकार्य हुनुपर्ने हो ।

तर अझै पनि नेपालको पर्यटकीय गन्तव्य ठमेलकै समस्या समाधान हुन सकेको छैन ।

लोकपथ टिम ठमेल पुगेर पर्यटकसँग सोधेको छ, 'वाट ईज द वन थिङ्ग द्याट यू हेट अबाउट ठमेल ?' हेर्नुहोस् उनीहरुको विचार जस्ताको त्यस्तै ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?