खोलाले बगाउदाँ एक महिलाको मृत्यु

दोलखा । कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर एकको मृत्यु भएको छ । 
लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको हो । 

सोमबार अपराह्न गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।   खड्काको शव घटनास्थलबाट दुई तीन फिट तल फेला परेको थियो । 
घटना सोमबार भए पनि राति अबेर मात्रै खबर प्राप्त भएकाले घटनास्थलमा आज बिहान मात्रै प्रहरी टोली पुगेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?