निगमको ‘वाइडबडी’ जहाजले जापान र कोरिया उडान भर्न नपाउने

काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी)को ’मकालु’ वाइडवडी जहाजले जापान र कोरिया उडान भर्न नपाउने भएका छन् । 

युरोपियन युनियन ‘इयु’ले नेपालका विमान कम्पनीलाई कालोसूचीमा राखेकाले जापान र कोरियाले पनि नेपाल वायुसेवा निगमका जहाजलाई उडान प्रमाणपत्र ‘एओसी’ नदिएका कारण वाईडवडीले जापान र कोरिया उडान गर्न नपाउने भएको हो । 

एअर बस कम्पनीले फ्रान्समा उत्पादन गरेको वाइडबडी विमान गत असार १४ गते फ्रान्सको टुलुस शहरबाट सीधा ‘फेरी फ्लाइट’ भरेर काठमाडौंस्थित भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो । 

निगमले जापान, कोरिया र युरोपसम्मको गन्तव्यलाई मध्यनजर गरेर २ सय ७४ सिट क्षमताका २ वटा नयाँ वाइडबडी जहाज ल्याएको हो । झण्डै २४ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएका जहाज कोरिया र जापान उडाउने योजना तत्कालको लागि रोकिएको निगमले जनाएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक सञ्जिव गौतमले कोरिया र जापानसम्म नेपालका विमानले उडान भर्न पाएमा ‘इयु’को कालोसूचीबाट हट्नु सरह रहेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?