अधिनायकवादको हौवा, ‘नायक’ को खोजी

नेपालको वर्तमान राजनीतिक घटनाक्रमलाई सूक्ष्म ढंगले अध्ययन गर्ने हो भने एकपटक हिन्दी सिनेमा ‘नायक’ हेर्नैपर्ने हुन्छ । सन् २००१ मा प्रदर्शनमा आएको यो सिनेमाले मित्र राष्ट्र भारतको मात्र नभई नेपालको राजनीतिक परिवेश र घटनाक्रमलाई यथार्थ रुपमा चित्रण गरेको छ । 

नायक सिनेमाको कथावस्तु अनुसार एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ताकार शिवाजी राव (अनिल कपूर) ले मुख्यमन्त्री (अमरेश पुरी) सँग अन्तर्वार्ता लिन्छन् । अन्तर्वार्ताका क्रममा रावले बलिया प्रमाण पेश गर्दै केही यस्ता प्रश्न गर्छन् कि, मुख्यमन्त्रीसँग ती प्रश्नको उत्तर हुँदैन । उनी जोगिन खोज्छन् तर अन्तर्वार्ताकारले जनताको मर्मसँग जोडिएका कैयन् प्रश्न सोधिरहन्छन् । लाइभ अन्तर्वार्ता चर्किन्छ ।

मुख्यमन्त्रीले आफ्नो ‘बचाउ’ का लागि पदमा बसेर अन्तरवार्ताकारलाई २४ घण्टा मुख्यमन्त्रीको रुपमा सेवा गर्न चुनौती दिन्छन् । परिस्थिति यस्तो आइदिन्छ कि, अन्तरवार्ताकार शिवाजी उक्त चुनौती स्वीकार्न बाध्य हुन्छन् । विधि पु¥याएर अन्तरवार्ताकार रावलाई जम्मा एक दिनका लागि मुख्यमन्त्री बनाइन्छ । त्यसपछि २४ घण्टाका लागि मुख्यमन्त्री बनेका रावले गर्ने कार्यले उक्त राज्यमा आमूल परिवर्तन ल्याइदिन्छ । 

रावको २४ घण्टे पदावधि पूरा नहुँदै जनतामा आशाका किरण फैलिँदै जान्छन् । भ्रष्टाचारी, घुसखोरी, आर्थिक अनियमितता, गुण्डागर्दी र ठगहरु सबैलाई ‘सस्पेन्ड’ गरिदिन्छन् । अन्ततः रावअघिका मुख्यमन्त्री ( अमरेश पुरी) लाई पनि घुस खाएको आरोपमा पक्राउ गरिन्छ । 

चौबीस घण्टे मुख्यमन्त्री रावले ल्याएको उथलपुथलपछि त्यो राज्यमा पुनः निर्वाचन हुन्छ । निर्वाचनको नतिजा पनि रावको पक्षमा आउँछ । अन्तरवार्ताकार रावको विजयीसँगै राज्यमा सम्भावनाका ढोकाहरु खुला हुन्छन् । आम जनताका लागि शिवाजी राव एउटा सक्षम अन्तरावार्ताकार, चौबीस घण्टे मुख्यमन्त्री हुँदै वास्तविक ‘नायक’ बनेर आउँछन् ।

वर्षौंदेखि हुन नसकेका काम कारवाही, योजना, विकास निर्माण, गुटबन्दी लगायतका जटिल र चुनौतीपूर्ण समस्यालाई सहजै व्यवस्थापन गर्न सपल भएसँगै उनी ‘नायक’ हुने नै भए । हिन्दी फिल्मको यो कहानी कहानीमा मात्र सीमित रहेन, नेपालको वर्तमान राजनीतिक घटनाक्रमलाई हुबहु चरितार्थ गरेको छ ।

यो फिल्म काल्पनिक कथा हो । तर, यो काल्पनिक कथालाई  वास्तविकतामा रुपान्तरण गरिदिएको छ वर्तमान नेपाल सरकारले । सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सीधा कुरा’ राजु थापाको कार्यक्रम नै बन्द गरिदिएर नायकीपन देखाए ।

सिनेमाको कथा काल्पनिक भए पनि यसमा उठाइएका समस्या वास्तविक छन् । पात्रहरु पनि काल्पनिक नै हुन् तर, उनीहरुले  उठान गरेको विषयवस्तु र आन्दोलन जनताको जिजीविषासँग सम्बन्धित छ । 

अब प्रश्न उठ्छ, नेपाललाई पनि यस्तै नायक चाहिएको हो ? त्यसो त नेपाली जनताले अहिलेबाट होइन, युगौँदेखि ‘नायक’ को खोजी गरिरहेका छन् । जुन नायक राष्ट्र, राष्ट्रियता र जनताको सेवामा सदासर्वदा समर्पित होस् ।

राजनीतिका नौटंकी नायकहरुले सत्तामा पुग्नका लागि जनतालाई अनेक सपना बाँडे । परिवर्तनकै लागि भनेर जनतालाई ठूल्ठूला लोभ देखाए । यही सपना र लोभका कारण दश वर्ष जनयुद्ध चल्यो । तर, नायक जन्मिएन ।

राजनीतिको आवरणमा कैयौँले नाटकीय नायकीपन देखाएर आफ्नो ‘दुनो’ सोझ्याउने काम गरे । राजनीतिका नौटंकी नायकहरुले सत्तामा पुग्नका लागि जनतालाई अनेक सपना बाँडे । परिवर्तनकै लागि भनेर जनतालाई ठूल्ठूला लोभ देखाए । यही सपना र लोभका कारण दश वर्ष जनयुद्ध चल्यो । तर, नायक जन्मिएन ।

हिजो सत्तामा काङ्ग्रेस हुँदा आफ्नो फाइदाका लागि अनेक भाँती गर्‍यो । भ्रष्ट, ठग, दलाल र राष्ट्रघातीलाई प्रश्रय दियो । राजनीति समावेशीका नाममा श्रीमती, ज्वाइँ, जेठान, सम्धी, साला–साली, आसेपासेलाई अवसर दिए । पैसामा बिके, यस्तै ‘काण्ड’ ले गर्दा बिस्तारै काङ्ग्रेसको नेत्तृत्व कमजोर बन्दै गयो । अन्ततः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७४ मा काङ्ग्रेसलाई जनताले लोप्पा खुवाइदिए । 

तत्कालीन नेकपा एमाले र प्रचण्ड नेतृत्वको एकीकृत माओवादीको संयुक्त प्यानल बहुमतले विजयी भयो । नेपाली राजनीतिक इतिहासमा शायद पहिलोपटक दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार बन्न सफल भयो ।

कम्युनिष्टले जित्नुको एउटा मुख्य कारण थियोे, अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय एकता तथा अखण्डता र राष्ट्र निर्माणप्रतिको दूरदर्शी विचार र सपना । कम्युनिष्टहरुबीचको एकता पनि जीतको अर्को कारण थियो । 

ओलीका चिल्ला भाषण र यिनै मीठा र गुलिया सपना जनताको मन जित्ने आधार बने । उनले बाँडेका हरेक सपना जनतालाई प्रिय लागे किनकि, त्यतिबेला जनतासँग उनीजस्तो नायकको अर्को विकल्प नै थिएन ।

तत्कालीन एमाले र माओवादीले प्रतिनिधि र प्रदेशसभा चुनावमा बहुमत ल्याएपछि ६ महिनाअघि स्थायी सरकार गठन भयो । काङ्ग्रेस प्रतिपक्षमा छ । प्रतिपक्षमा रहेको काङ्ग्रेसले कहिले अधिनायकवाद त कहिले एकलौटी जनअधिकार विरुद्धका निर्णय गरिरहेको आरोप लगाइरहेको छ ।

यसको कारण स्पष्ट छ – ओली सरकारको उपलब्धि शून्य हुनु नै हो । ओली र ओली सरकारप्रतिको आशा जनताका लागि घाउमा मलम होइन नुनचुक छर्के जस्तै भएको छ । स्थानीय सरकारको चर्को करले सर्वसाधारणको ढाड नै सेकेको छ । 

यता ओली सरकार पनि दुई तिहाइको दम्भ देखाएर प्रतिपक्ष काङ्ग्रेसलाई बाइपास गरी अगाडि बढिरहेको छ । तर, सरकारले खासै उपलब्धि गर्न सकेको छैन । जनताले जे सोचेका थिए, ती सपना पूरा हुने छनक देखा परेको छैन ।

ओली अहिले पनि मिठो सपना र चर्को भाषण दिनमै व्यस्त छन् । अहिले जनतालाई लाग्न थालिसकेको छ, ओली गफमै रमाउने एक कमेडी नेता हुन् । निर्वाचनको बेला ओलीलाई जनताले विश्वास गरे । किनकि, नेपाली जनता एक नायकको खोजीमा थिए । 

अध्यक्ष ओली बहुमतको सरकारका शक्तिशाली प्रधानमन्त्री बने । तर, उनी ‘नायक’ हुन सकेका छैनन् । ओलीको यो ६ महिने सरकार प्रशंसाको उचाईमा भन्दा आलोचनाको चक्रमा फसेको छ । यसको प्रत्यक्ष फाइदा पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई पुगेको देखिन्छ । 

बिस्तारै ओलीको विरोध हुन थालेको छ । यसको कारण स्पष्ट छ – ओली सरकारको उपलब्धि शून्य हुनु नै हो । ओली र ओली सरकारप्रतिको आशा जनताका लागि घाउमा मलम होइन नुनचुक छर्के जस्तै भएको छ । स्थानीय सरकारको चर्को करले सर्वसाधारणको ढाड नै सेकेको छ ।

जनताले यस्ता नायक खोजेको पक्कै पनि होइनन्, जसले प्रतिपक्षीलाई गाली गरेर आफ्नो समय खेर फाल्छन् । आफ्ना कमजोरीलाई लुकाउन खोज्छन् ।

शक्ति हुनेलाई पुज्ने, शक्तिहीनलाई साइड लगाउँने नेपाल राजनीतिको विशेषता नै हो । काठमाडौंको फोहोर व्यवस्थापन गर्न सक्दैनन् तर सपना मनोरेलको बाँड्छन् । मुखमा नअटाउने गफ दिन्छन् । राज्य रक्षाका लागि सिन्को समेत भाँच्न नसक्नेहरु आफूलाई देशभक्ति नायक मान्छन् । फुटपाथमा धूलो खाँदै नाङ्लोमा सामान बेच्नेलाई प्रहरी लगाएर लखेट्छन् । तर, ठूला व्यापारीलाई लुट मच्चाउन मौका दिन्छन् । 

जनताले यस्ता नायक खोजेको पक्कै पनि होइनन्, जसले प्रतिपक्षीलाई गाली गरेर आफ्नो समय खेर फाल्छन् । आफ्ना कमजोरीलाई लुकाउन खोज्छन् । जनताले खोजेका त्यस्ता नायक हुन् – गफ हैन, काम गरेर देखाउने । नीति र नियम बनाउने, व्यवस्थापन, आर्थिक विकास गर्ने र जनताको घाउमा मलमपट्टी लगाउने । 

जुन नेपालको परिवेशमा सम्भव छ तर, व्यक्तिगत स्वार्थका लागि असम्भव जस्तै बनाइँदै छ । राज्यसत्ताको विरुद्धमा लागेर जो सत्तामा पुग्छ, ऊ नै शक्तिशाली बन्छ । आफ्ना स्वार्थ पूरा गर्छ । तर जनता र राज्य सधै लुटिएका हुन्छन् ।

अब एउटा यस्तो आन्दोलनको आवश्यकता छ, जुन आन्दोलनले पूरै समाजको जरो फेर्न सकोस् । त्यसका लागि देशमा एउटा नायकको जन्म अवश्य खड्केको छ । जसले हिन्दी फिल्म ‘नायक’ मा जस्तै पूरै राजनीतिक, सामाजिक, आर्थिक विकृतिलाई जराबाट उखेल्न सकोस् । हाम्रो समाजले कल्पना गरेको नायक पनि हिन्दी फिल्म नायक अन्तरवार्ताकार शिवाजी राव जस्तै हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?