सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरमा ल्याउन विकास समितिको निर्देशन

काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सञ्चार र अर्थमन्त्राललाई निर्देशन दिएको छ । 

सोमबार बसेको समितिको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन निर्देश दिएको हो । 

त्यसैगरी फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्चालन विस्तारमा देखा परेका समस्या र त्यसमा भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गरानुको साथै न्यून रुपमा तार प्रयोग गर्ने वातावरण बनाउन र पोल, तार र बीटीएस टावरको सहप्रयोगको व्यवस्था मिलाउन समेत सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?