राप्रपाका सबै पदाधिकारी पदमुक्त (विज्ञप्ति सहित)

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टीले पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त गरेको छ । 

सोमबार राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीको संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरुलाई नयाँ ढंगले पुर्नगठन गर्ने प्रयोजनाका लागि हाल कायम रहेका पार्टीमा सबै केन्द्रीय पदाधिकारीलाई आजकै मितिबाट पदमुक्त गरिएको राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै गत जेठमा वीरगन्जमा सम्पन्न केन्द्रीय परिषदस बैठकले निर्देशन गरे बमोजिम विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन समेत प्रस्तुत गरिएको जारी विज्ञप्तिमा लेखिएको छ । 

विज्ञप्ति सहित 

राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको छ :

१. गत जेठमा विरगंजमा सम्पन्न केन्द्रीय परिषद बैठकले निर्देश गरे बमोजिम विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन प्रस्तुत गरेको छ । उपसमितिले प्रस्ताव गरे अनुरुपको प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

(क) पार्टीको महाधिबेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ ।

(ख) केन्द्रीय कार्य समिति २७७ सदस्यीय हुने ।

(ग) प्रत्येक जिल्लाबाट कम्तिमा एक÷एक जनाको केन्द्रीय कार्य समितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन हुने ।

(घ) विधानमा उल्लेख भएका पदाधिकारीहरु मध्ये ५०५ महाधिबेशनबाट निर्वाचित हुने र ५०५ अध्यक्षबाट मनोनित हुनेछ ।

२. राप्रपाको संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुर्नगठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई आजकै मितिबाट पदमुक्त गरिएको छ ।

३. गत जेठमा सम्पन्न केन्द्रीय परिषद बैठकको निर्णय अनुसार देशका सवै प्रदेश र स्थानीय तहहरुमा पार्टीको संगठनलाई सुदृढ ढंगले पु¥याउन विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको छ । यस क्रममा संगठन बिभाग र हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियान सम्बन्धि दुई छुट्टाछुट्टै कार्ययोजनालाई बैठकले अनुमोदन गरेको छ । 
 

मोहन श्रेष्ठ
प्रमुख
प्रचार बिभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?