गोबर ग्यासको उद्घाटन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदै

काठमाडौं । गोबर ग्यासको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) विराटनगर जाने भएका छन् । 

विराटनगरका एक सय ३५ घरमा पाइपबाट ग्यास जडान गरिएको छ । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको बायोग्यास पाइपबाट घर–घरमा पु¥याइएको हो । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास पु¥याएको हो ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा तीन सय घनमिटर प्लान्ट जडान गरेको बताइएको छ  । 

विराटनगर उपमहानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन गरिएको वायोग्यासको आज (मंगलबार) उद्घाटन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?