‘प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस् ‘ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले करको व्यवस्थापनमा ध्यान नदिएकाले आरोप लगाएका छन् । 

स्थानीय निकायमा बढेको करको नियमन गर्न स्थानीय निकाय सञ्चालन निर्देशिका बनाउनमा सरकारले ध्यान नदिइएकाले यस्तो अवस्था आएको उनले बताए।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले वित्तीय आयोगको महत्व प्रधानमन्त्रीले नबुझेकाले पनि करबारे कोलाहल मच्चिएको बताए। कर कै कारण संघीयता बदनाम हुन लागेको थापाको आरोप थियो।

प्रधानमन्त्रीलाई करको नियमन व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।  थापाले ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन र अन्तरवार्तामा रमाइलो र रोइल गर्न छाड्न सुझाव दिएका छन् ।   संघीयता असफल हुँदा प्रधानमन्त्री पनि सफल नहुने उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?