पूर्वराजदूतको हत्या प्रकरणः छानबिन गर्न माग

काठमाडौँ–नेपालको परराष्ट्र सेवाका पूर्वराजदूतहरुको संस्थाले तीन दशकभन्दा बढी परराष्ट्र सेवामा योगदान गरी फ्रान्सका लागि नेपालको राजदूत भइसकेका सङ्घका संस्थापक सदस्य केशवराज झाको सोमबार भएको हत्याको छानबिनको माग गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेग्लाबेग्लै पत्र लेखेर पूर्वराजदूत झाको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कानूनबमोजिम सजाय गर्न माग गरेको सो संस्थाले जनाएको छ ।

दिवङ्गत झाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संस्थाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?