अपहरणमा परेका बालकलाई प्रहरीले उद्दार गरेर आफन्तको जिम्मा लगायाे

कैलाली– अपहरणकारीबाट सकुशल उद्धार गरिएका पाँच वर्षीय बालक खेमन चौधरी (छेमाङ) लाई प्रहरीले आज आफन्तको जिम्मा लगाइएको छ ।

उद्धार गरिएका बालक चौधरीलाई बुबा बालकृष्ण चौधरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

कैलाली कैलारी गाउँपालिका¬–६ का पाँच वर्र्षीय बालक चौधरीलाई गोदावरी नगरपालिका लालपुरहरैयाका बिर्जु चौधरीले अपरहण गरेको झण्डै १० घण्टापछि दाङ्गको भालुवाङबाट सकुशल उद्धार गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

अपरहरणकारीले बालकलाई मोटरसाइलकमा लैजाँदै गर्दा प्रहरीले उनलाई समेत पक्राउ गरेको थियो ।

कैलारी गाउँपालिकास्थित स्थानीय आदर्श मावि परिसरबाट सोमबार बिहान ८ः१५ बजेतिर बालक खेमन अपहरणमा परेको बताइएको छ ।

अपहरणकारी चौधरीमाथि अपहरण तथा शरीर बन्धक ऐनअन्तर्गत कारवाही अघि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?