प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनले लफडा

धनुषा– प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने काम विश्वको कुनै मुलुकमा नदेखिएको जनाएको छ ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सप्तरीको मलेठ घटना र राजर्षि जनक विश्वविद्यालय सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सही नभएको ठहर गरेको छ ।
प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले उनी  अंगरक्षकसहित सदनमा प्रवेश गर्नु संसदीय मर्यादा विपरीत भएको जिकिर गरे। काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रदेशसभामा सम्बोधन गरेर प्रधानमन्त्रीले नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?