ओलीको सम्बोधनले राजपामा विवाद चर्कायो

काठमाडौ :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २मा सम्बोधन गरेर राष्ट्रिय जनता पार्टीका नेताहरूमा विवाद उत्पन्न गराएको छ ।

त्यसैपनि पार्टीको अध्यक्ष मण्डलका नेताहरूमा मतान्तर रहीआएकोमा ओली सम्बोधनलाई त्यसलाई छताछुल्ल पारेको हो ।

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राजपा संयुक्त सरकार छ । यो संयुक्त सरकारको अगुवाई गर्ने फोरमलाई ओलीले संघीय सरकारमा सामेल गराई सकेको छ ।

त्यसकारण मुख्यमन्त्री लालबाबु राउतले ओलीलाई प्रदेशमा सम्बोधन गर्न निम्तो पठाए । 

मुख्यमन्त्रीले आफ्ना दलका प्रदेश सांसदहरूलाई सदनमा उपस्थित भइ प्रधानमन्त्री ओलीको सम्बोधनलाई सफल पार्न आग्रह गरेका थिए ।

तर राजपाका नेताहरूमा  देखिएको मतान्तरले प्रदेशका सांसदहरूलाई कुनै किसिमको निर्देशन पार्टीबाट गएन् ।

नेताहरूको निर्णय विपरीत भाषण दिने गतिविधि गर्ने चलन राजपाका नेताहरूमा रही आएको छ ।

पार्टीले त्यस्ता नेताहरू उपर कुनै कारबाही गर्न नसक्ने अवस्था रहेकाले राजपाका नेताहरूले जे मन लाग्छ त्यो गरिरहेका छन् ।

प्रदेश नम्बर २को सभामुख राजपाका सांसद सरोजकुमार यादव हुन् ।

उनले ओलीलाई सदनमा स्वागत गरी सम्बोधन गर्न आग्रह गरिरहँदा उनकै पार्टी सांसद सदन बहिष्कार गरे ।

हेर्दा ओलीको सदन बहिष्कार गरेको भए पनि त्यो सदन सभामुखको थियो । 

ओलीको सम्बोधनको बहिष्कार गर्नेमा राजपाका केही मन्त्री र सांसद रहेका छन् ।

राजपाका तीनजना सांसद उपेन्द्र महतो, विक्की यादव र गौरीनारायण साह प्रदेशसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्दा बहिष्कार गरेर बाहिरिएका थिए ।

 राजपाका तर्फबाट प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले विमानस्थलमा ओलीलाई स्वागत गर्न पुगेका थिए ।

पार्टीका महासचिव तथा प्रदेश सभाका सांसद मनिष सुमनले पनि ओलीको सम्बोधनलाई विरोध गरेका छन् ।

उनले संघीय सरकारलाई समर्थन गर्नुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । हुनत  सुमनले यसअघि पनि प्रदेश नम्बर २को सरकारबाट राजपा हट्ने जनाएका थिए ।

ठीक त्यतिकै बेला राजपा संघीय सरकारमा जाने टिप्पणी महासचिव केशव झाले गरेका थिए ।

तर पार्टीले कुनै पनि महासचिव विरूद्ध कारबाही गरेनन ।

यसपटक पनि ओलीको सम्बोधन बष्हिकार गर्ने सांसदहरूलाई कारबाही गरिने छैन् ।

अध्यक्ष मण्डल यतसम्म लाचार छ कि पार्टीको विज्ञप्तिका लागि ६वटै अध्यक्षको उपस्थिति अनिवार्य मानिएको छ । पार्टीको महाधिवेशन नजिकिदै गएको छ तर यसले विधान पारित गर्न चाहेको छैन् ।
केही नेताहरूले ओलीसँगको सम्बन्ध विस्तार गरी संविधान संशोधनको राजनीतिक समस्या समाधान गर्न खोजेका छन् भने कतिपयले यो बाटोलाई अर्थहीन मानेका छन् ।

नाम नखुलाउने शर्तमा एक नेताले भने “पार्टीमा अराजकता बढदै गएको छ । जसलाई जे मन लाग्यो त्यो गर्न छुट छ ।”

पहिले पार्टीमा सहभागी हुनेको क्रम थियो भने अहिले जानेहरूको क्रम चलेको उनले जनाए ।

एउटै पार्टीका एक सांसदले ओलीलाई स्वागत गर्नु र अर्कोले बहिष्कार गर्नु भनेको पार्टीको दोहोरो चरित्र स्थापित भएको छ ।

पार्टीको मतान्तर लुकाउन अध्यक्ष मण्डलका सदस्य महेन्द्ररायले सार्वजनिक गरेको मनसायबाट पार्टी अझ ठोसरूपमा निर्णय लिन नसक्ने अवस्थामा रहेको पुष्टि भएको उनले जनाए ।

पार्टीको तर्फबाट प्रदेश सभाका सांसदहरूलाई कुनै किसिमको निर्देशन दिइएको थिएन् ।

जसलाई ज मन लाग्यो त्यो गरेको अध्यक्ष मण्डल राय यादवको भनाइ उचित नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?