बकर इद मनाउने क्रममा महोत्तरीमा झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार

महोत्तरी । महोत्तरीको लोहापट्टि नगरपालिका वडा नं. ३ मा बकर इद मनाउने क्रममा झडप हुँदा १० जना घाइते भएका छन् । 

बुधबार बिहान मदरसामा नवाज पढ्नको लागि जम्मा भएको समयमा झडप हुँदा १० जना घाइते भएका हुन् । झपडमा ४ महिला, ५ पुरुष र १ जना बालिका गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि जनकपुर अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले विवाद मिलाउने प्रयास गर्दा पनि नभएपछि दुई राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले बताएको छ । 

अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट घटनास्थल पुगेका प्रहरी निरीक्षक शिव खत्री नेतृत्वको टोलीले नवाज पढाउने कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?