आयरल्याण्ड चर्च प्रकरण : पोपद्वारा भगवानसँग क्षमा याचना

नक, आयरल्याण्ड, १० भदौ । आयरल्याडको चर्चमा भएका अवाञ्छित क्रियाकलापलाई लिएर पोप फ्रान्सिसले आइतबार भगवानसँग क्षमा याचनासहित माफी मागेका छन् ।

क्याथोलिक चर्चमा भएका गतिविधिबारे आफ्नो दुई दिने भ्रमणको अन्तिम दिन पोपले भन्नुभयो, “चर्चमा भएका अवाञ्छित गतिविधिका कारण बनेका ‘खुला चोट’ले आफू दुखित बनेको र यसलाई सत्यमा आधारित रहेर न्याय दिन आवश्यक ‘कडा तथा निर्णायक’ उपायहरूको खोजी गरिने छ ।” 

पश्चिमी आएरल्याण्डको नक स्राइन चर्चमा सम्बोधन गर्दै उनले भने, “म चर्चमा भएका घटनाप्रति भगवान्सँग क्षमा याचना गर्छु ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?