कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

लोकपथ
21
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रले संसद् बहिष्कार गरेको विषयलाई लिएर कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक बस्ने भएको छ । मंगलबारको संसद् बहिष्कार भएपछि सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

माओवादी केन्द्रले अघिल्लो सरकारले शहीद परिवार र घाइते, अपांगहरुका लागि दिएको जीवन निर्वाह भत्तालाई यो सरकारले निरन्तरता नदिएको, माओवादी केन्द्रको भागमा परेको संसदीय समितिको नेतृत्व चयनमा कांग्रेसले सहयोग नगरेको, प्रदेशसभामा माओवादी संसदीय दलका नेताको बसाइ व्यवस्थापन नभएको जस्ता विषय उठाएको छ ।

सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको छ । यता, माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् ।

तर, पूर्वमन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्कालै राजीनामा माग गर्ने कुरा नसोचिएको बताउँछन् । ‘अझै पनि मुख्यमन्त्री गम्भीर नबने विकल्प सोच्न सकिन्छ,’ उनले भने । माओवादीले मुख्यमन्त्री गठबन्धनको मूल्य मान्यता विपरीत चलिरहेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?