काठमाडौं । एक युवकले आफ्नो मोबाइल फोन चार्जबाट झिकेर आफ्नो खल्तीमा राखेका थिए । खल्तीमा राखेको केहीसमयपछि खल्तीमा रहेको फोन विस्फोट भयो । विस्फोटका कारण उनको खुट्टा जलेको छ । परिवारले युवकलाई उपचारका लागि अस्पतालमा भर्ना गरेका छन् ।
यो घटना भारतको फरीदाबादको बल्लभगढको हो । ती युवकले त्यो फोन लामो समयसम्म चलाउँदै आएका थिए । बुधबार फोनको ब्याट्री सकिएपछि उनले मोबाइल चार्जमा राखेका थिए ।
चार्जबाट निकालेपछि उनले केहीबेर मोबाइललाई चलाएर खल्तीमा राखेका थिए । हाल उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया