अब वैदेशिक रोजगारीका सबै सूचना अनलाईनमा

काठमाडौँ- सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ ।

सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एकीकृत सूचना प्रणाली लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यस प्रणालीले वैदेशिक रोजगारीका क्षेत्रमा पु¥याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी र पहुँचयोग्य हुुनुका साथै गलत सूचनाका आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पु¥याउने मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?