‘सेल्फीवाला’ तीज (फोटो फिचर)

काठमाडौं । हिन्दू नेपाली महिलाहरूलाई तीजको रौनकले छोएको आज मात्र होइन । झण्डै एक महिनादेखि शहरिया महिलालाई तीजको रौनकले छोइसकेको थियो ।

गाउँतिर भने तीजअघिका केही दिन र पञ्चमीसम्म तीजलाई विश्वास र आस्थाका साथ हेरिने गरिन्छ । शहरमा भने तीजलाई पर्व र संस्कारका रुपमा कम, मनोरञ्जनका रुपमा बढी मनाउन थालिएको छ ।

आजको दिन भने नेपाली महिलाका लागि विशेष दिन हो ।

तीजको अवसरमा व्रत बसेर महिलाहरूले शिवजस्तो पतिको कामना गर्ने गर्छन् ।

सांस्कृतिक र सामाजिक रुपमा एकअर्कालाई नजिक बनाउने यो पर्वमा नारीहरूले आज विभिन्न मन्दिरमा शिवको पूजा गरेर विशेष रुपमा मनाउने गर्छन् ।

प्रविधिको विकाससँगै पहिलेभन्दा अहिलेको तीज फरक बन्दै गएको छ । सामाजिक रुपमा समेत फरकपनलाई स्वीकार गरिएको यो पर्वलाई अहिले नारीहरूले पूजासँगै ‘सेल्फी’ मा समेत उतार्ने

काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि हजारौं भक्तजनको लस्कर लागेको छ भने अन्य मन्दिरमा पनि महिलाहरूको उत्तिकै बाक्लो उपस्थिति देखिन्छ । रातो सारीमा सजिएर मन्दिर आउनेमध्ये लगभग सबैले तीजको रौनकलाई आफ्नो मोबाइलमा कैद गर्न भ्याएका थिए ।

पशुपतिनाथ मन्दिर बाहेकका अन्य केही मन्दिरमा नाच्दै, सेल्फी खिच्दै र पूजा गर्दै गरेका केही तस्वीर लोकपथकर्मी अनिल थापाले खिचेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?